आज:  | Sat, 23, Nov, 2024

कांग्रेस एमालेबीचमा नयाँ सरकार बनाउने तयारी

१९ असार २०८१, मंगलवार ०७:५२ मा प्रकाशित ( ४ महिना अघि) २५६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ असार ।

संसद्को दुई ठुला दल मध्य कांग्रेस र एमाले मिलेर मुलुकमा नयाँ सरकार बनाउने तयारी भैरहेको छ । यसका लागी नेपाली काँग्रेसका सभामपती शेरवहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा वलीबिच पटक पटक भेटवार्ता समेत भैरहेको छ ।

केही दिनयता यी दुई ठुलादलका नेताहरुबिच भएको वार्तामा वर्तमान सरकारलाई ढालेर नयाँ सरकार बनाउन सहमत भएका स्रोतले जनाएको छ । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि सोमबार मध्यराति सत्ता सहकार्यका लागि शीर्ष तहमा सहमति जुटेको हो।

दुई ठुलादलका नेताको छलफलबाट भएको सहमति अनुसार सुरुमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ। जस अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली डेढ वर्ष प्रधानमन्त्री बन्ने छन्। त्यसपछि बाँकी अवधि चुनावसम्म सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमतिमा उल्लेख छ।

सहमती अनुसार एमालेलाई अर्थ सहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह सहित १० वटा मन्त्रालय लिने सहमति पनि भएको स्रोतले बताएको छ। दुई दलबीच सातवटै प्रदेश सरकारमा पनि भागबण्डा हुने भएको छ। जसअनुसार तीन प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ तीनमा एमालेले सरकार बनाउने भएको छ। मधेस सरकारको नेतृत्व मधेस केन्द्रित दलबाट हुने समझदारी जुटेको हो।

दईदलको छलफलमा संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन् । त्यसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोन सुझाव समिति गठन गर्ने पनि समझदारी बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस