आज:  | Sat, 23, Nov, 2024

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई ७ दिन थुनामा राख्न अदालतको आदेश

१७ असार २०८१, आईतवार १९:५१ मा प्रकाशित ( ४ महिना अघि) २१७ पाठक संख्या
नारी बाटिका


काठमाडौं १६ असार ।

काठमाडौं अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । उक्त प्रकरणमा तस्कर र उच्च अधिकारीहरुबिच बिचौलियाको काम गरेको आरोप लागेका झालाई शुक्रबार राति पक्राउ परेका हुन् ।

उनलाई ७ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

झालाई आज (आइतबार) म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।

निकै अघिदेखी फरार रहेका झालाई प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस