आज:  | Sun, 08, Sep, 2024

२० वटा समस्याग्रस्त सहकारीका कागजात संसदीय छानविन विशेष समितिले माग्यो

१७ असार २०८१, आईतवार १७:४९ मा प्रकाशित ( २ महिना अघि) १५७ पाठक संख्या
नारी बाटिका


काठमाडौं -१६ असार ।
समस्याग्रस्त सहकारीको छानविन गर्न बनेको संसदीय समितिले २० वटा समस्याग्रस्त सहकारीका कागजात मागेको छ । सहकारी संस्थाको बचत रकम अपचलन गरी फरार भएका सहकारीका सन्चालक तथा कर्मचारीको कारण समस्याग्रस्त भएका सहकारीहरुलाई संसदीय छानबिन गर्न बनेको विशेष समिति’को आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूची-१ मा समावेश रहेका २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।

समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा.युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग पनि छलफल गरेको छ ।

सरकारले गठन गरेको संसदीय विशेष समितिका सभापति सूर्य थापाका अनुसार तिनैजनाले सहकारी सम्बन्धी आ-आफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझाव दिएका छन् ।

देशका करिव ३२ हजार सहकारी संस्थाहरु मध्य पछिल्लो समयमा देशका २० सहकारीका केही पदाधिकारीहरुले नियम विपरित काम गर्नाले अन्य राम्रा काम गर्ने सहकारीहरुलाई पनि नकारात्मक असर पारेको छ । सोही कारण गत जेठ १५ गते सहकारी संस्था बचत रकम सुरक्षित गर्न बनेको संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

थापाको संयोजत्वमा बनेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस