आज:  | Sun, 08, Sep, 2024

बाजुराको कोटीगाउँमा पहिरोले ७० बाख्रा मरे,भौगोलिक विकटताका कारण सञ्चार र सडकको पहुँच नहुँदा पिडितले न्याय र राहत पाउनै कठिन

१७ असार २०८१, आईतवार ०७:३५ मा प्रकाशित ( २ महिना अघि) १९६ पाठक संख्या
नारी बाटिका


बाजुरा १६ असार ।

शुक्रबार राति आएको अविरल वर्षाका कारण पहिरो खसेपछी बाजुरामा ७० वटा बाख्रा पुरिएको छ । बाजुराको पुर्विउत्तरी भेगमा रहेको हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने स्थानमा पहिरोले च्यापिएर ७० बाख्रा मरेका हुन् ।

सुक्रबार राति आएको अबिरल बर्षाले एक्कसी बाख्रा थुनिएको खोर माथिबाट आएको पहिरोले स्थानीय गोरख राज बोहराका ४० वटा, जर्म बोहराका १० वटा ,र जीवन बोहराका २० वटा गरी ७० बाख्रा मरेका छन् ।

यसैगरी उक्त गाउँमा खसेको पहिरोमा परी च्यापिएको १० वटा बाख्रा भने सकुशल उद्धार गरिएकोे स्थानीय वीर बहादुर बोहराले बताएका छन् । बेलुकी सकुशल खोरमा थुनिएको बाख्रा रातिको समयमा खसेको पहिरोमा परी मरेको अबस्थामा भटीएका थिए । सम्पतिका नाममा दुइचार दर्जन बाख्रा थिए तिपनि एक रातको पहिरोमा परेर मरे । बारीमा उब्जनी छैन अन्य आयश्रोत केही छैन कसरी परिवार पाल्ने स्थानीय गोरखराज बोहराले दुखेसो गरे ।

मरेका बाख्राको मुचुल्का तयार पार्न कवाडी प्रहरी चौकीलाई अनुरोध गरेको स्थानीयले बताएका छन्। बाजुराको दुर्गम भेगमा पर्ने यस घटनास्थल कुवाडी प्रहरी चौकीबाट करिब २५ किलोमिटर पैदल दुरिमा रहेको जनाईएको छ । घटानाको विस्तृत अध्ययन गर्न कुवाडी प्रहरी चौकीबाट प्रहरीको टोली सो स्थानमा गई अध्ययन गरिरहेको बताईएको छ ।

भौगोलिक विकटताका कारण सञ्चार र सडकको सर्वसुलभ पहुंच नभएको कोटीगाउँमा के(कति क्षेती भयो सोको विस्तृत जानकारी आउन बाँकी छ । यि त एउटा उदारहण मात्रै हुन् । नेपालमा यस्ता दुर्गम गाउँमा वर्षायाममा हुने विपत लगायतका थुप्रै घटनामा पिडितले न्याय र राहत पाउन निकै कठिन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस