आज:  | Sun, 08, Sep, 2024

राष्ट्रिय धान दिवशको अवशरमा थाक्रेमा रोपाई महोत्सव सम्पन्न

१६ असार २०८१, शनिबार १९:५८ मा प्रकाशित ( २ महिना अघि) १५२ पाठक संख्या
नारी बाटिका



रामचन्द्र  रुपाखेती
असार १५,
महादेववेशी, थाक्रे

अखिल नेपाल किसान महाँसंघ, क्रान्तिकारी, थाक्रे गाउँसमिति द्धारा आज थाक्रे गाउँपालिका वार्ड नं। ११ खहरे फाँटमा राष्ट्रिय धान दिवशको अवसरमा रोपाइँ महोत्सव तथा दहि चिउरा कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य एबम् संविधान सभाका पुर्व सभासद चित्र बहादुर श्रेष्ठ, संङघीय संसद मिना लामा, भूमि आयेगका उपाध्यक्ष नहेन्द्र खड्का, थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा,वडा अध्यक्षहरु लगाएत विभिन्न पार्टी प्रतिनिधि, किसानीको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यसैगरी धान दिवस कार्यक्रममा विद्याथी, शिक्षकहरुको महिला बाजा सहितको बेठी, हिले नाचगान गरि परम्परागत असार १५ दहिचिउरा खाने परम्परा अनुसार दहिचिउरा खाने कार्यक्रमका साथमा रोपाई कार्यक्रम गरिएको, साथै किसानहरुको यो असार र साउन भनेको एउटा महत्वपुर्ण पर्वका रुपमा लिईने गरेको छ ।

कृर्षकहरुले असार १५ लाई हर्षोल्लासका साथ मनाउने र पछिल्लो पुस्तालाई पनि खेतीलाई निरनतरता दिन रोपाई बेठी परम्पराको जानकारी दिने समेत उद्येश्यले कार्यक्रम आयोजना गरिएको अखिल नेपाल किसान महाँसंघ क्रान्तिकारी थाक्रेका अध्यक्ष अर्जुन ओझाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस