आज:  | Sun, 08, Sep, 2024

रौतहटमा बस दुर्घटना हुंदा एकको मृत्यु, ८ जना घाइते

१६ असार २०८१, शनिबार १७:०१ मा प्रकाशित ( २ महिना अघि) १३३ पाठक संख्या
नारी बाटिका


रौतहट १५ असार ।

आज  रौतहटको सदरमुकाम जयनगर चोक नजिकै बस दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा परी ८ जना घाईते भएका छन् । गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै ८ यात्रु घाइते भएका छन् ।

गौरबाट भैरहवा तर्फ जाँद्यै गरेको ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर स्वातीले जानकारी दिनु भयो ।

उक्त बस दुर्घटना भए लगतै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको थियो । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भईरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताउनु भयो।

यस्तै सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार भएका छन् । दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीको अनुसार तीव्रगतिमा आएको बसले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस