आज:  | Sun, 08, Sep, 2024

आज असार १५ दहीचिउरा खाएर यस पर्व मनाईँदै

१६ असार २०८१, शनिबार ०७:३१ मा प्रकाशित ( २ महिना अघि) १६२ पाठक संख्या
नारी बाटिका


धादिङ १५ असार ।

नेपालीको परपरा अनुसार आज असार १५ दही चिउरा खाएर यस पर्व मनाईँदैछ । तर देशमा राजनितिक परिवर्तन संगसंगै आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईने गरिएको छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँने गर्दछन् ।

मुठी खाएर मुरी उब्जाउने मान्यता बोकेको यस असार महिनामा किसानीहरु कामको चटारोले थकित भएपनि शक्ति प्राप्तिका लागि दही चिउरा खाने प्रचलन छ । खान त अन्य समयमा पनि दही चिउरालाई उत्तम खाजाको रुपमा खाने गरिन्छ । तर असार १५ गते खाईने दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने धार्मिक विश्वास गरिन्छ।

त्यसो त दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ।यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा उच्च स्थान लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस