आज:  | Sun, 08, Sep, 2024

गाउँभरीको विद्युत लाईन काटेर स्कार्पियो गाडी चोरी

१५ असार २०८१, शुक्रबार १९:४४ मा प्रकाशित ( २ महिना अघि) १५३ पाठक संख्या
नारी बाटिका


रौतहट १४ असार ।

रौतहटमा स्कार्पियो गाडी चोरी भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा ३ मत्सरीमा घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको हो। स्थानीय राजन झाको घर अगाडि राखिएको उक्त गाडी रिसभिले चोरी गराइएको गाडी धनीको भनाई छ ।

गएको मंगलबार राती अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको स्थानीयहरुले जनाएका छन् । गाडी चोरी भएपछी प्रहरीमा उजुरी दिएको र ३ दिन विति सक्दापनि प्रहरीबाट कुनै किसिमको खोज तलास भएको सुचना नआएको गाडी धनीले गुनासो राखेका छन् ।

राजेश कुमार झाको नाममा दर्ता रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको गाडी चोरी हुनु भन्दा अगाडी गाउँभरीको विद्युत लाईन काटेर बाटोमा रहेको सिसि टिभी बन्द हुने बितिकै गाड़ी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संलग्नता हुन सक्ने गाडी धनीले दाबी गरेका छन् । गाडी चोरीको घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस