आज:  | Sat, 23, Nov, 2024

राजनीति भन्ना साथ मान्छेले नाक खुम्चाउन थाले ? संन्चारमन्त्री शर्मा

१४ असार २०८१, बिहीबार १७:५० मा प्रकाशित ( ४ महिना अघि) २९१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ असार ।

पछिल्लो समयमा राजनीति भन्नासाथ मान्छेले नाक खुम्चाउने स्थिति सिर्जना भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भएको छ । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति पैदा भएको बताउनु भयो । राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको पनि उहाँको भनाई छ ।

उहाँले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको र साथै साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनुपर्नेमा जोड दिनु भयो । अहिले समाज भ्रष्टीकरणमा गइरहेकोले चिन्ता व्यक्त गर्नु भयो। साथै सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको हो भन्नु भएको छ ।

‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ। आखिर राजनीति त देशको मुल नीति हो। यो माउ नीति हो। यो मुल नीति, माउ नीति नसच्चिसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन। त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो की ?

मन्त्री शर्माले हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डो¥याउनु भयो। त्यसैगरी आज पनि आवश्यकता छ। अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दैछ। सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो। साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले प्ररित गर्नुपर्ने हुन्छ।’

मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको जानकारी दिनु भयो । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस