आज:  | Sun, 08, Sep, 2024

देशभित्र पहिलो पटक ४०० केभी विद्युत् प्रसारण लाइन सञ्चालनमा

१४ असार २०८१, बिहीबार ०७:५३ मा प्रकाशित ( २ महिना अघि) १९३ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ असार ।

हेटौंडा(ढल्केबर)इनरुवा विद्युत् लाइनको ४०० केभी प्रसारण आएको छ । देशभित्रको विद्युत् प्रसारणलाई सुदृढीकरण र विश्वसनीय बनाउन यस प्रशारण लाईनलाई संन्चालनमा ल्याईएको हो । साथै नेपाल र भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन यस लाइनको ढल्केबर(इनरुवा खण्ड सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो। ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको छ ।

ृउक्त ढल्केबर(इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलो पटक ४०० केभीबाट विद्युत् प्रसारण सुरू गरिएको हो। यसअघि ढल्केबर(मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात(निर्यात हुँदै आएको थियो । यस परियोजनाल देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह गरिएको हो।

ढल्केबर(इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रुपमा कोशी प्रदेशका तराईका जिल्लाहरुमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन सकिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।

साथै यस परियोजनाले नेपाल(भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्वपूर्ण उपलब्धी हासिल भएको उहाँको भनाई छ। प्रसारण लाइनले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने अवस्था आएको घिसिङले बताउनु भयो।

केही मात्रामा प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर(मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात(निर्यात परिमाणमुखी बढाउन सकिने निर्देशक घिसिङको भनाई छ । हाल दुई देशबीचको विद्युत् आयात निर्यात परिमाण ८०० मेगावाट मात्र छ।

त्यस्तै कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युत्लाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर(इनरुवा प्रसारण लाइन मार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने उहाँको भनाई छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका(११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।

प्रसारण लाइनलाई हेटौंडा(ढल्केबर १३४ किलोमिटर र ढल्केबर(इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। हेटौंडा(ढल्केबर खण्ड निर्माणाधीन छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस