आज:  | Sun, 08, Sep, 2024

मकवानपुरमा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ जना बिरामी

१३ असार २०८१, बुधबार १९:३५ मा प्रकाशित ( २ महिना अघि) १८७ पाठक संख्या
नारी बाटिका


हेटौँडा १२ असार ।

मकवानपुरमा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ । साथै जंगली च्याउ खाएर १६ जना बिरामी भएका छन् । असार लागेयता यसै मंगलबारसम्मको अवधिमा जंगली च्याउ खाँदा मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकास्थित १६ जना बिरामी भएका हुन् ।

मृत्यु हुनेमा कैलाश–९ नामटारका चार वर्षीय दिपेश लामा, कैलाश–९ की २५ वर्षीया निरुमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयो ।

‘उनीहरुलाई बिरामी भई हेटौँडा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि चितवन लगिएको थियो । परिवारले आफू खुसी अस्पतालबाट घर ल्याउने क्रममा लामाको मृत्यु भएको हो । ‘असार ३ गते च्याउ खाएकी रुम्बाको उपचारका क्रममा असार ९ गने मृत्यु भएको हो ।’

प्रहरी चौकी कान्द्राङका अनुसार आइतबार बिहान राक्सिराङ–७ दुगुवाङमा जंगली च्याउ खाँदा बलबहादुर प्रजा सहित एकै परिवारका पाँच जना बिरामी परेका थिए । बिरामी भएका पाँचै जनाको भरतपुर अस्पतालामा उपचार भइरहेकामा बलबहादुरको मृत्यु भएको प्रनाउ भण्डारीले बताउनु भयो।

राक्सिराङ–७ दुगुवाङका स्थानीय बलबहादुर प्रजाले जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाँदा एकै परिवारका पाँच जना बिरामी भई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको थियो ।

अस्थायी प्रहरी पोष्ट गिङुकाको जानकारी अनुसार सोमबार जंगलबाट ल्याइएको च्याउ खाँदा राक्सिराङ–८ लाचेमा एकै परिवारका चार जना बिरामी भएका छन् । विरामी भएकाहरु २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाया प्रजा, तीन वर्षीय समिक प्रजा र पूर्ण प्रजा बिरामी भएका हुन् । उनीहरूको पनि भरतपुरमा उपचार भइरहेको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं ५ कालीवनका आठ जनाले जंगली गोब्रे नामको च्याउ खाई बिरामी भएका थिए । बिरामी आठै जनालाई हेटौँडा अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ ।

‘वर्षादको समयमा जंगली च्याउ बढी उम्रने भन्दै सोही च्याउ खाँदा एकसातामा तीन जनाको ज्यान गएको हो । केही बिरामीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस