आज:  | Sun, 08, Sep, 2024

लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु,पुरिएको चारैजनाको शव निकालियो

१३ असार २०८१, बुधबार १७:१५ मा प्रकाशित ( २ महिना अघि) १८८ पाठक संख्या
नारी बाटिका


लमजुङ १२ असार।

लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । पहिरामा पुरिएर मृत्यु हुनेमा ६७ वर्षीय रुद्रमान गुरुङ,उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको मृत्यु भएको हो भने उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

साथै रातको समयमा खसेको उक्त पहिरोले तीनवटा घर पुरिँदा उनीहरु चारैजना बेपत्ता भएका थिए । उद्धारका लागी प्रहरी र स्थानीयवासीको सहयोगमा भग्नावशेषबाट उनीहरूको शव निकालिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस