आज:  | Mon, 23, Dec, 2024

आजको मौसम, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१३ असार २०८१, बुधबार ०७:२१ मा प्रकाशित ( ६ महिना अघि) ४०६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ असार ।

हाल देशभर सबै प्रदेशमा मनसुनी वायुको आंशिक प्रभावका कारण आंशिक देखि साधारणतया बदली रहेको छ। जस अनुसार आज बागमती प्रदेशको केही स्थानमा तथा गण्डकी, कर्णाली र कोशी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । यसैगरी आज (बुधबार)दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहने छ।

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहने छ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थान गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार कोशी ,मधेश ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस