आज:  | Sun, 08, Sep, 2024

कैलालीमा चट्याङ लागेर २ को मृत्यु,५जना गम्भीर घाइते

१३ असार २०८१, बुधबार ११:२७ मा प्रकाशित ( २ महिना अघि) १५६ पाठक संख्या
नारी बाटिका


बिबियु
नारी बाटिका संवाददाता

कैलाली -१२ असार ।

विहान कैलाली जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। साथै चट्याङ कै कारण ५जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका – ३ स्थितमा चट्याङ लागेर भितरीया जयराम डंगौरा र धनगढी उपमहानगरपालिका–१८का सालिक चौधारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एव्ं प्रहरी उपरिक्षक पदमवहादुर बिष्टले जानकारी दिनु भयो।

उनीहरु दुवैको आज बिहान खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रमुख बिष्टले बताउन भयो।
त्यसैगरी सोही जिल्लाको भजनी नगरपालिका– ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी पनि सोही समयमा चट्याङ लागेर घाइते भएका छन्।

यसैगरी आजै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गरी तिन बालबालिकाहरु समेत गम्भीर घाइते भएका प्रहरीले बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस