आज:  | Mon, 23, Dec, 2024

निलकण्ठ,बालमन्दिर माविमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम

८ असार २०८१, शुक्रबार १९:५५ मा प्रकाशित ( ६ महिना अघि) ४८६ पटक पढिएको
नारी बाटिका



धादिङ ७ असार ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा निलकण्ठ,बालमन्दिर माविमा प्रशिक्षण कार्यक्रम गरिएको छ । साप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा नीलकण्ठ नगरपालीका वडा न.३ स्थित श्री नीलकण्ठ बालमन्दिर मा.वि.का कक्षा ९ मा अध्ययनरत विधार्थीहरु,शिक्षक र शिक्षिका समेतलाई प्रशिक्षण गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा जि.प्र.कार्यालयबाट खटि गएका प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीको सहजीकरणमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । साथै प्रशिक्षक अधिकारीले उक्त विषयको बारेमा कानूनी प्रावधान तथा सुझाव समेत दिनु भएको थियो ।

यसैगरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका विभिन्न स्थानमा,तालिम,अन्तर्रकृया,जस्ता कार्यक्रम गर्दै साप्ताहव्यापी रुपमा जनचेतनामुलक अभियान संन्चालन गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस