आज:  | Sun, 08, Sep, 2024

बुटवलको डेल्टा मार्टमा भीषण आगलागी

८ असार २०८१, शुक्रबार ०७:२४ मा प्रकाशित ( २ महिना अघि) २५५ पाठक संख्या
नारी बाटिका


बुटवल ७ असार ।

बुटवलको मिलनचोकमा सन्चालित डेल्टा मार्टमा भीषण आगलागी भएको छ । बिहिबार साँझपख लागेको आगो निभाउने प्रयास भएतापनि निकैबेरसम्म आगो नियन्त्रणमा लिन समस्या परेको थियो ।

आगो नियन्त्रणको लागी बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाउन सफल भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनु भयो ।

उक्त आगोलागी कसरी भयो ? साथै आगलागीबाट के कति क्षति भयो भन्ने सम्वन्धमा विस्तृत बिवरण आउन बाँकी रहेको जनाईएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस