आज:  | Mon, 23, Dec, 2024

तीन समस्याग्रस्त सहकारीका बचतकर्ताले आफ्ना बचत रकम फिर्ता पाए

६ असार २०८१, बुधबार १९:२३ मा प्रकाशित ( ६ महिना अघि) ११३२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ असार ।

आफुले सहकारीका जम्मा गरेको बचत हिनामिना भयो भन्द्यै फिर्ताको माग राखेका बचतकर्ताले बचत पिर्ता पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताहरुको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएको छ ।

मन्त्रालयले सहकारी विभागको सिफारिसमा समस्याग्रस्त घोषणा भएका २० सहकारी संस्थामध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
उक्त समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष मोहन गौतमले मन्त्री अधिकारी र मन्त्रालयसँगको निरन्तर समन्वय र अग्रसरतामा समस्याग्रस्त घोषित तीन सहकारीको सम्पूर्ण बचत रकम फिर्ता गराउन सफल भएको जानकारी दिए।संस्थाका पीडित, बचतकर्ताका प्रतिनिधि,सञ्चालक तथा व्यवस्थापन समितिबीच विभिन्न मितिमा बचत फिर्ता लगायत विषयमा छलफल भई समस्याग्रस्त २० सहकारीमध्ये तीन सहकारीको समस्या पूर्णरुपमा समाधान गरिएको अध्यक्ष गौतमको भनाई छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्यामा रहेका अन्य १७ वटा सहकारीको पनि स्थायी समाधानका लागि पहल गरिरहेको बताए। पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्त उन्मुख र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ।

मन्त्री अधिकारीका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्तालाई तदारुकताका साथ अघि बढाइएको छ।

सोही मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका संरचनाः कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रिया समेत अघि बढेको जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस