आज:  | Sun, 08, Sep, 2024

जापानमा ४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो

५ असार २०८१, मंगलवार १४:०४ मा प्रकाशित ( २ महिना अघि) २५५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ असार ।

जापानमा हालै नयाँ प्रजातीको ब्याक्टेरिया फैलिएको पाइएको छ। जापानमा मानव शरीरका तन्तुमाथि आक्रमण गर्ने स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटिएसएस) नाम दिइएको उक्त रोगबाट जुन २ सम्ममा ९७७ जना संक्रमित भइसकेका जापान टाइम्सले जनाएको छ।

एसटिएसएस नाम दिएको उक्त संक्रमण मानव शरीरमा पसेको ४५ घन्टाभित्र मानिसको मृत्यु हुने समेत जनाइएको छ। गतवर्ष जम्मा ९४१ जनामा यो ब्याक्टेरिया देखिएको जापान टाइम्सले जनाएको छ।

नेशनल इन्सिच्युट अफ इन्फेक्सियस डिजिवका अनुसार यो ब्याक्टेरिया पहिलोपल्ट सन् १९९९ मा पत्ता लागेको थियो। समूह ए स्ट्रेप्टोकोकसले सामान्यतया बच्चाहरूमा घाँटी सुन्निने र दुख्ने बनाउँछ जसलाई स्ट्रेप थ्रोटु भनिन्छ । तर केही प्रकारका ब्याक्टेरियाहरूले खुट्टा दुख्ने र सुन्निने, ज्वरो, न्यून रक्तचाप लगायतका लक्षणहरू देखाउने चिकित्सकले बताएका छन् ।

नेक्रोसिस,श्वासप्रश्वासमा समस्या र विभिन्न अंग फेल गराउनेसम्म देखिएको छ। ५० वर्षभन्दा माथिका व्यक्तिहरू यस रोगको बढी जोखिम हुने जनाएको छ। जापानमा यसवर्ष २५०० जनामा संक्रमण फैलिने र मृत्युदर ३० प्रतिशत हुने टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले बताएका छन्।

बिरामीले बिहान खुट्टा सुन्निएको महसुस गर्छन्। दिउँसोसम्म यो घुँडासम्म फैलिन सक्छ र ४८ घण्टाभित्र मृत्यु गराउन सक्छ। अन्य देशहरूमा यो ब्याक्टेरियाको प्रकोप देखिएको बताइएको छ। सन् २०२२ को अन्तमा कम्तीमा पाँच युरोपेली राष्ट्रहरूले विश्व स्वास्थ्य संगठनलाई ए स्ट्रेप्टोकोकस (आइजिएएसं देखिएको थियो।

डब्ल्युएचओले भने कोभिड १९ महामारीको प्रतिबन्धको अन्त्य पछि केसहरूमा वृद्धि भएको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस