आज:  | Sun, 08, Sep, 2024

भारतको सिलीगुड़ीमा रेल दुर्घटना हुंदा मृत्यु हुनेको संख्या १५ पुग्यो,अ.६० जना घाइते

४ असार २०८१, सोमबार १८:४६ मा प्रकाशित ( २ महिना अघि) २५३ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौं ३ असार ।

दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै रेल दुर्घटना हुंदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । रेल मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटना भएको र घटनामा मृत्यु हुनेको संख्या १५ जनाको मृत्यु भएको हो

। तर रेलमा धेरैजना यात्रुहरु रहेकाले घाईतेहरु कति भए एकिन हुन बाँकी नै छ । यता भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ ।

अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।

रेलवे बोर्डले उद्धार अभियान पूर्ण रूपमा सकिएको र अहिलेसम्म दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ । हाल घाइते अ.६० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।

घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सरकारले मृतकका परिवारलाई १०/१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साथै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस