आज:  | Sun, 08, Sep, 2024

मुस्लिम धर्मावलम्बीको दोस्रो पर्व इद आज मनाइँदै,देशभर सार्वजनिक बिदा

४ असार २०८१, सोमबार ०८:०३ मा प्रकाशित ( २ महिना अघि) २३० पाठक संख्या
नारी बाटिका


काठमाडौं  ३ असार ।

आज देशभरका मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर (इद (इदुल जोहा))मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ। यस पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । साथै नमाज पढिसकेपछि एकापसमा शुभकामना साटासाट गर्ने गरिन्छ।

आज यसै पर्वका अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ। यसैगरी हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

मुस्लिम धर्म गुरु (मौलाना( रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिदै आएको थियो।

यस पर्व र धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थियो । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ ।मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नु भएको थियो । यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, धर्म गुरुले बताउनु भयो।

यस पर्वमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान नेपाल सरकारको गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। यसका लागि गृह मन्त्रालय अन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ।

मक्का मदिना जान नपाउने हजयात्रीले समेत आआफ्नै घरमै बकर इद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गरिन्छ । धार्मिक मान्यता अनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश भएको थियो।

जुन आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता रही आएको छ। त्यही सम्झनामा अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीहरु बताउने गर्दछन्।

साथै निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए। अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोही अनुसार अल्लाहले उनको परीक्षण गर्दै सपनामा कुर्बानी गर्नु पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मग्रन्थमा उल्लेख गरिएको छ। यसै पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस