आज:  | Sun, 08, Sep, 2024

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि घट्यो (सूचीसहित)

३ असार २०८१, आईतवार ०७:२४ मा प्रकाशित ( २ महिना अघि) १४८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २असार ।

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । यससंगै निगमले लगातार तीन पटक मूल्य घटाएको हो। असार १गते शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर एक । एक रुपैयाँ घटाएको छ।

घटेको मूल्य शनिबार राति (अर्थात आज (आइतबार) बिहान १ बजे)देखि लागु भएको छ । मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ मा झरेको जनाएकोे छ ।

यसैगरी डिजेल र मट्टितेलमा पनि काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ मुल्य कायम भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस