आज:  | Sun, 08, Sep, 2024

नीलकण्ठ नगरपालिकाले दोस्रो नगरसभाको पाँचौ अधिवेशन सम्पन्न

२ असार २०८१, शनिबार १९:४३ मा प्रकाशित ( २ महिना अघि) १९९ पाठक संख्या
नारी बाटिका



धादिङ- १ असार
धादिङको नीलकण्ठ नगरपालिकाले दोस्रो नगरसभाको पाँचौ अधिवेशन शनिवार सम्पन्न गरेको छ । नगरपाािलकाले आर्थिक बर्ष ०८१।०८२ को लागी नीति तथा कार्यक्रम आज सावजनिक गरेको हो । शनिबार धादिङवेसीमा आयोजित कार्यक्रममा नगरपालिकाले दोस्रो नगर सभाको पाँचौ अधिबेशनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गराएको छ ।

आगमी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगरपालिकाभित्र १देखी कक्षा १२ सम्मको शिक्षा निशुल्क गरी महत्वपुर्ण निर्णय गरेको बताउनु भयो । यसैगरी नीलकलण्ठ नगरपालिकाको गौरबको योजनाहरुलाई निरन्तरता दिदै शिक्षा र स्वास्थ्यका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो ।

नगर प्रमुख ढुङ्गानाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम नगरसभाबाट विवादरहित तवरबाट पारित भएको थियो ।यसैगरी दोस्रो नगरसभाको पांचौ अधिबेशनमा उप प्रमुख दिपक बिश्वकर्माले आगामी आर्थिक बर्षको अनुमानित बजेट पेश गर्नु भएको छ ।      

उहाँले आगामी आर्थिक बर्षको लागि एक अरब उन्नाईस करोड एक हजार चार सय अनुमानित बजेटको प्रस्तुत गर्नु भएको हो । नगरसभाबाट परिरत बजेटलाई सरकारबाट पास गर्ने गरी आजको नगर सभामा प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।   

प्रस्तावित बजेटमा समानिकरण अनुदानमा एक्काईस करोड एकाईस लाख पैतालिस हजार,संघ सर्शत अनुदान छयालिस करोड पचहत्तर लाख साठ्ठी हजार रुपैँया,संघ समपुरक अनुदान एक करोड चालिस लाख,संघ राजस्व बाँडफाँड चौध करोड नब्बे लाख रुपैँया,प्रदेश समानिकरण अनुदान दुई करोड अढ्तिस लाख बहत्तर हजार रुपैँया,प्रदेश राजस्व बाँडफाँड छ करोड उनान्साठ्ठी लाख बाईस हजार चार सय,आन्तरिक राजस्व पाँच करोड रुपयाँ रहेको छ ।

,यसैगरी मालपोत कर तीन करोड रुपयाँ ,अल्या रकम दश करोड पाँच लाख रुपैँया बजेट बिनियोजन गरीएको हो । जसमा प्रदेश सर्शत अनुदान,प्रदेश समपुरक अनुदान र विशेष अनुदानको अख्तियारी आउन बाँकि रहेको मेयर ढुंगानाले जानकारी गराउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस