आज:  | Sun, 08, Sep, 2024

विकासमुखी भन्दा वितरणमुखी बनाउँदै आज सातै प्रदेशका सरकारहरुले बजेट ल्याउँदै

२ असार २०८१, शनिबार ०७:४१ मा प्रकाशित ( २ महिना अघि) १९७ पाठक संख्या
नारी बाटिका


काठमाडौं- १ असार ।

हरेक वर्षको असार १ मा बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज सातै प्रदेशका सरकारहरूले बजेट ल्याउनु पर्ने हुन्छ । जस अनुसार आज सातै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष ०८१। ८२ को बजेट ल्याउँदै छन् । यसका लागी प्रदेश सभामा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित बजेट प्रस्तुत गर्नेछन्।

यसका लागी सातैवटा प्रदेशले बजेट लेखनको कार्य सकिएको र अन्तिम रूप दिएर मन्त्रिपरिषद्बाट पास गराई प्रदेश सभामा प्रस्तुत गर्ने जानकारी गराएका छन्। नेपालको संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था छ।

उपधारा ३ ले प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय संघीय कानुनबमोजिम हुने व्यवस्था गरेको छ । संविधानको यही व्यवस्थाअनुसार अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहले बजेट ल्याउने समय तोकिएको छ ।

नेपालको कानुनले तोकिए अनुसार प्रदेशको अर्थमन्त्रीले प्रत्येक वर्ष १ असारभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नु पर्ने हुन्छ। अधिकांश प्रदेशले संघीय सरकारले झैँ कृषि, आन्तरिक उत्पादन, पूर्वाधार र स्थानीय विकासलाई प्राथमिकतामा राखेर बजेटको तयारी गरेको जनाएका छन् ।

गठवन्धनबाट बनेका सवैजसो प्रदेश सरकारका मन्त्रीहरूले आ,आफ्ना निर्बाचन क्षेत्रका मतदाताहरुलाई खुशी बनाउनकै लागी भएपनि पपुलिस्ट तथा वितरणमुखी कार्यक्रम पनि समावेश गरेका छन्। यस्तै संसद्लाई प्रदेशहरूले पैसा बाँड्नेदेखि विपन्न र किसानलाई सहुलियत दिनेसम्मका कार्यक्रम राखेर बजेट ल्याउँने तयारी गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस