आज:  | Sat, 19, Apr, 2025

पहिरोमा परी एकै परिवारका चारजनाको ज्यान गयो,दुई घाइते,घटनाको सुचना लिनै कठिन

१ असार २०८१, शुक्रबार ०७:५४ मा प्रकाशित ( १0 महिना अघि) ४७९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३२ जेठ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका २ खेजिनिम भन्ने ठाउँमा गएराति पहिरो आउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ।साथै सो पहिरोमा परी दुईजना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनका श्रीमती जसमाय लिम्बु र उनीहरुकै दुई छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो।

यसैगरी घाईते हुनेहरुमा ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी गत बुधबार रातिदेखिको परेको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि सो क्षेत्रका समुदायहरुलाई यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

सोही घटनाको सम्वन्धमा जानकारी लिन फक्ताङलुङ गाउँपालिकाका सुचना अधिकारी,जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी,जिल्ला प्रहरी कार्यलयका सुचनाअधिकारी लगायतलाई हामीले सम्पर्क गर्ने प्रयास गर्यौं तर सम्पर्क हुन सकेन पछी बल्ल तल्ल प्रहरी कार्यलयको एक नम्वरमा फोन लागेर विस्तृत जानकारी लिएका थियौं ।

दुर्गम क्षेत्रमा भएका विभिन्न घटनाको सुचना पाउनै गारो छ । त्यसैले गाउँ गाउँमै सिंङदरवार सरकारको नारा नारा मै सिमित रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस