आज:  | Sat, 19, Apr, 2025

रूपन्देहीको नुवाकोटगढी घुम्न गएको जीप पाल्पामा दुर्घटना हुँदा तीन जनाको मृत्यु,दुई जना घाइते

३१ जेष्ठ २०८१, बिहीबार ०७:३७ मा प्रकाशित ( १0 महिना अघि) २९६३ पटक पढिएको
नारी बाटिका


पाल्पा ३१ जेठ ।

पाल्पाको तिनाउ गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार राति पाल्पाको नुवाकोटबाट रूपन्देहीको बुटवल तर्फ फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको जीप नुवाकोटस्थित जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

साथै उक्त दुर्घटनामा परी दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

यसैगरी दुर्घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गएराति अ.९ बजेतिर प्रहरीलाई खबर आएपछि इलाका प्रहरी बुटवलबाट डीएसपी विजयराज पण्डितको कमाण्डमा उद्धारमा खटिएको छ ।

जीप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको हो। मृत्यु हनेहरु तथा घाईतेहरु अधिकाँश उक्त जीपमा पाल्पा र रूपन्देहीको नुवाकोटगढी घुम्न गएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस