आज:  | Sun, 08, Sep, 2024

ज्येष्ठ नागरिक विशेष लेख (मानिसको समयचक्र )

३० जेष्ठ २०८१, बुधबार १४:१८ मा प्रकाशित ( २ महिना अघि) २५१ पाठक संख्या
नारी बाटिका


 

बिबियु
नारी वाटिका संवाददाता
धादिङ ३० जेठ ।

मानिसको समयचक्र हो । यो घुमिरहन्छ । आमाको गर्भबाट सुरु भएको मानव चोला अन्तिममा वृद्ध,वृद्धा भएर मृत्यु वरण हुन्छ र माटोमा मिल्न जान्छ । तर उमेर अवस्थामा म त यत्तिकै जन्मे क्यारे अनि म यो बुढो र यो बुढी जस्तो कहिल्है बुढो हुन्न भन्ने जस्ता घमण्ड पनि आउँछ । जो कोही पनि मानिसको जन्म भईसके पछी सेकेन्ड, मिनेट, घण्टा, दिन÷रात,हप्ता र महिनासंगै उमेर बढ्नेक्रम प्राकृतिक प्रक्रिया हो।उमेर बढ्दै जाँदा मानिसको दिमाखमा पनि धेरै सकारात्मक साथै नकारात्मक विचारहरु आउने गर्दछन्। यसरी मानिसमा आउने परिवर्तनलाई हृदयङ्गमगरी सर्वपक्षिय फाइदा  सबैको पुर्याउनु हितमा रहन्छ ।

मानिसको उमेरले ल्याउने परिवर्तन प्राकृतिक भएता पनि यसलाई नै सकारात्मक रुपमा ढाल्न सकिने भएको हुँदा समय मै विचार पु¥याई उनीहरुको जिवनका भोगाई,सिकाईले मानिसको जिवनमा आउने उतार चढावहरुलाई सहज बनाउनको लागी पनि परिवारका सदस्य,छरछिमेक,नातागोता तथा चिनेजानेका व्यक्तिहरु समाज र देशले जेष्ठनागरिकका अनुभवहरु सिकेर व्यक्ति र सरोकारवाला निकायले फाईदा लिनु आवश्यक हुन्छ।

आज आज ,भोली भन्दै उमेर बृद्धिसंगै जीवनका आरोह अवरोह पार गर्ने क्रममा ज्येष्ठनागरिकहरुमा प्राकृतिक रुपमा नै अथाह ज्ञानको भण्डार बढ्दै जान्छ। जिवनको भोगाईले उनीहरुमा आफ्नो कला, कौशल, ज्ञान र शिपमा पनि त्यतिकै निखारता आउँछ।प्रकृति रुपमा नै परिपक्कता पनि बढ्दै, व्यवहारिकपन,जिम्मेवारीपूर्ण कार्य सम्पन्न गर्नमा सक्षम हुंदै जान्छ । यसरी सक्षमता तिर आफुलाई डो¥याउने क्रम संंगसंगै कसरी आफ्नो उमेरको प्रभावकारी बनाउन सकिन्छ भनेर संसारमा नै पछिल्लो समयमा संन्सार भरिनै यसको अनुसन्धान गर्नको लागी खोज खवर भईरहेको पाईएको छ ।

यस सवाललाई अहिले अध्ययनको विषय भएकोछ भने विश्वले नै यसलाई चासोको रुपमा हेरिरहेको छ । आजभन्दा ८।९ वर्षअघि हेल्पएजइन्टरनेशनलले गरेको अध्ययन अनुसार सन् २०५० सम्म नेपालमा ज्येष्ठनागरिकहरुको संख्या कुल जनसंख्याको १८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

अर्को पाटोबाट हेर्ने हो भने उमेर बढ्दा, मानिसहरुमा प्राकृतिक रुपमा नै शारीरीक क्षमतामा फेरबदल आउँदछ। शरीर कमजोर हुँदैजाँदा हिंडडुल गर्नमा समस्या, सुन्ने शक्तिमा ह्रास, देख्ने शक्तिमा ह्रास आउँछ । जसले गर्दा ब्यक्ति स्वयंमा नैराश्यता पैदा हुन सक्छ भने परिवार समाज तथा राष्ट्रले यसलाई बोझको रुपमा हेर्न सक्छ। यस प्रकारका सक्रिय बुढ्यौलीका नकारात्मक बिचारहरुलाई बोझको रुपमा नभएर फरक क्षमताको अर्को आयाम हो भनी प्रयोगमा ल्याउन सके यसले समाजमा बाँच्ने ज्येष्ठ नागरिक लगायत सबैलाई जीवन यापनमा सहज बनाउन सक्छ भन्नेमा मानसिक रोग विशेषज्ञहरु बताउने गर्दछन् ।

हालको समयमा पछिल्लो पुस्तामा आएको पारिवारिक बिमेल,बिचारमा फरकपन,कसैको दवावमा बाँच्न नचाहने,मायाँ र आफ्नोपनमा दुरी बडदै गैईरहेको कारण धेरैको परिवारमा बिचलन आईरहेको छ । पारिवारिक मेलमिलापमा कमी हुंदै जाँदा यसको प्रत्यक्ष असर भनेको जेष्ठनागरिक तथा अशक्त वर्गलाई परिरहेको छ । एउटी आमाले ९।९ महिना आफ्नो गर्भमा राखेर छोरा छोरीलाई जन्म दिएर मात्रै पनि सहज हुदैन । बरु आमाको गर्भभित्र रहदाको अवस्थामा बरु त्यो शिशुले रोएको,कराएको,खाना,आमाको काख मागेको हुंदैन तर आफ्नो शरिरभित्र एउटा मान्छेलई बोकेर कार्य बोझ सहित हिंदाको पिडा,दुखाई त छँदै नै छ । त्यो भन्दा पनि बढी त्रास त आफ्नो पेटभित्रको बच्चालाई कसरी स्वस्थ जन्म दिने भनेर ।

यसरी हजार दुःख र कष्टका साथ जन्म दिएर,हुर्कायर,आफ्नो हैसियत अनुसारको खान लाउन र अथाह स्नेह र प्यार दिएर हुर्काई बढाई,शिक्षा दिक्षा दिएर विहे गरी दिएपछी छोरी पराईको घरको खटनपटनमा जान्छिन् भने यता बुहारी आउँछिन् । बुवा आमाको भने उमेर घटेसंगै वलपनि दिन प्रतिदिन घट्दै जान्छ । कमाई गर्ने,काम गर्ने वल रित्तिदै गएपछी अब ति बुढाबुढीहरु त्यसै घरको बोझ र वाधक बन्न पुग्छन् । सासु र बुहारीको बिचमा दुरी बढ्न थाल्छ । त्यसपछी छोराले बुहारी,छोरी आफ्नै दुनियाँमा हराउँदै जान्छन् । अर्को कुरा कर्यौ छोराहरुले बुहारीको कुरा सुनेर बुवा आमालाई हेला गर्न थाल्छ । तर नाता नातिनीहरु ठुला भैसकेपछी हजुर बा हजुरआमालाई मायाँ त गर्छन् ।

तर उनीहरु १७/१८ वर्ष पुगेपछी विदेश तिर जान्छन् । त्यसपछी झनै उनीहरु झनै एक्लिन पुग्दछन् । हालको समयमा हाम्रो समाजमा असक्त तथा वृद्ध वृद्धामा बढ्दै गएको असहज परिस्थितिका कारण ज्येष्ठनागरिकमा आएको परिवर्तन र केही असक्षमतालाई विभेद र बहिष्कार नगरी वृद्ध वृद्धाप्रतिको विभेदलाई अन्य गर्नको लागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बनेका नियम कानुनुले त सम्रक्षण र सहयोग गर्ने हो । उनीहरुलाई पारिवारिक मायाँ ममता र हेरचाहको खाँचो पर्ने भएकोले आफ्ना सन्तान तथा परिवार कै साथमा राखेर उहाँहरुको भावना बुझेर मायाँ,ममता र हेरचाह सकेमा अझै त्यो परिवारमा जन्मने तथा नयाँ आउने सदस्य,नयाँ पुस्ता र समाजले आफ्ना रिती थिती,भाषा,कला,साहित्य,संस्कार र संस्कृर्तीको जगेर्ना गर्दै धेरै ज्ञान र शिपको भण्डार पाउँछ, परिवार र देशलाई बोझ हैन सहयोगी हातहरु पाउनेछ ।

यसै सन्दर्भमा यस लेखमा देशमा रहेका विभिन्न ऐन नियम र कानुनलाई परिचयात्मक रुपमा ज्येष्ठनागरिकको हित तथा संरक्षणको लागी निर्माण गरी व्यवहारिक रुपमा पनि प्रयोगमा ल्याउन सरकारले निर्माण गरेका ऐन कानुन र नियमलाई नेपाली भाषामा लागु गरिएको छ । सो को जनकारी लिन सम्वन्धित निकायको वैवसाईटमा खोजी गरी जानकारी हाँसिल गर्न सकिनेछ । यस्ता खालका ज्ञान वद्र्धक दस्तावेजहरु समुदाय,राष्ट्र सेवक तथा विभिन्न तहमा ज्येष्ठनागरिकको पक्षमा कार्य गर्नेहरुका लागि एउटा सहयोगी सामग्रीको रुपमा प्रस्तुत गर्न सकिनेछ ।

साथै उहाँ जेष्ठनागरिकसंग भएका ज्ञान,सिप र अनुभवलाई विभिन्न पाटोबाट ज्येष्ठनागरिकको पक्षमा आयआर्जन, प्रकोप ब्यवस्थापन, समुह ब्यवस्थापनमा उहाँहरुको सिपलाई प्रयोगमा ल्याई अनुभवका आधारमा सिकाईलाई समेटेर लैजान यस्ता सामग्रीले निकै मद्धत पुर्याउँने छ। विशेषगरी सरकारले पछिल्लो समयमा ज्येष्ठनागरिकका लागी राज्यले देशको स्रोत र साधन अनुसार सहयोग गरिरहेको पाईन्छ उनीहरुको क्षेत्रमा सामाजिक विकास मन्त्रालयले आ–आफ्नो प्रदेश अन्तर्रगतका जेष्ठनागरिक संघसंस्था मार्फत बजेट बिनियाजन गरी स्वास्थ्य र सरसफाई,पोषिलो खानेकुरा आदीको बारेमा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

जेष्ठनागरिक सामाजिक सुरक्षा भत्ता प्रति महिना प्रति व्यक्ति चार हजारका दरले प्रदान गर्दै आएको छ । यसैगरी स्वास्थ्यपचार,सार्वजनिक यातामा यात्रा गर्दा भाडामा छुट,जेष्ठनागरिक सिटको व्यवस्था लगायतका महत्वपुर्ण कार्यहरु भैईरहेको छ । तर देशभित्र रोजगारीको समस्या,आर्थिक अवस्था सुधार गर्न तथा परिवार धान्नकै लागी तथा विदेसिन वाध्य भएका छोरा छोरी,नाति नातिनाहरु घरमा कोही नहुने पारिवारिक समस्या त छँनैछ । छरछिमेक नातागोता समेत समाजमा कोही युवा पुस्ता नहुदा वृद्धवृद्धाले घर धानेर बस्नु पर्ने अवस्था छ । त्यसमाथी पनि खेतबारी भएको पनि बाँझै हुने डरले बल भन्दापनि मन नमानेर बुढाबुढीहरु सकी नसकी खेती गर्ने,भएका जमिन बाँझो हुन नदिने गरी सम्पत्ती जोगायर राखिदिएका छन् ।

स्वदेशभित्रै भएका छोराछोरीहरु पनि गाउँघर छोडेर शहरमा बस्ने गरेका छन् । छोरा बाहिर गयो भने उ दुबै,कतार,साउदी अथवा कम आम्दानी हुने देशमा श्रम गरिरहेको किन नहोस् ? उसले आफनो बालबच्चा र श्रीमतीलाई बच्चा पढाउन भनि सहरमा लगरे राख्छ अनि वृद्ध बाउआमाले गाउँमा बसेर खेतीपाती गरी,बस्तु पालि चामल,दुध,घ्यु,दही,तरकारी फलायर तिनै छोरा बुहारीलाई खुवाई रहेका छन् । यति भयरपनि ति बृद्धवृद्धा आमा वुवाले विरामी हंदा,आफुलाई गारो पर्दा उनीबाट मायाँ र हेरचाह पाउन सकेका छैनन् । उनीहरुको दुख र कुरा सुनिदिने परिवारमा कोही हुदैनन् । जसले गर्दा वृद्धवृद्धाहरुमा केही मानसिक समस्या पनि देखा पर्ने गरेको पाइन्छ ।

गतवर्ष धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ मा एकजना नाम परिवर्तन ८४ वर्षका कृष्ण वहादुर श्रेष्ठको २ छोरा भएको र दुबै छोरा वैदेशिक रोगारीमा रहेका जेठो छोरा बुहारी पनि छुट्टियर बसेको थिए । श्रेष्ठ कान्छी बुहारीको साथमा बस्थे उनले जेष्ठनागरिक सुरक्षा भत्ता पनि निकालेर घरमा बुहारीकै हातमा दिने गर्दर्थे । किनकी उनलाई भत्ता निकाल्न मेसो थिएन । उनको श्रीमती पहिले नै वितिसकेकी थिईन् । बुहारीले नै उनको हस्ताक्षर गरायर भत्ता निकालेर लाने गर्र्दिन । सबै बुहारीले नै खर्च गर्ने गर्थिन । तर बुहारीले सिहार सुसार,हेरचाह राम्रो नगर्ने र लुगा नधोईदिने खान पनि राम्रोसंग नदिने गर्थिन् । एकदिनको कुरा हो कृष्ण वहादुरलाई आफ्नो लुगा धुनु पर्यो अनि उनीसंग साबुन किन्ने पैसा थिएन ।

बुहारीसंग लुगाधुने साबुन किनदिन भने त्यसपछी बुहारीले नमिठो संघ बचन लगार्ईन्…हाम्ले मात्रै दिनु भन्ने छर ? जेठो छोरा बुहारीले चैंँ हेर्न नपर्ने मलाई मात्रै के कर ? सक्दिन म साबुन किन्न छैन पैसा ? भन्ने खालको बचन लाएपछी कृष्ण वहादुर धेरै रोए । जबकी उनले सरकारबाट पाउने महिनाको चारहजार भत्ता पनि तिनै कान्छी बुहारीले नै खर्च गर्ने गर्दथिन् । छोरा विदेशमा । उसले वुवाको समस्या के छ भनेर कहिले बुझन चाहेन,मायाँ ममता पनि देखाएन। अनि एकल वृद्ध अवस्थाको वुवालाई सन्चो विसन्चो केछ भनेर कहिले सोधेन । यता बुहारीको तिखो बचन पाएपछी नाम परिवर्तन कृष्ण वहादुर त्यसै दिन झुण्डियर आत्महत्या गरे ।

यो एउटा हाम्रो समाजको तितो एक उदाहरण मात्रै हो । समाजमा यस्ता हजारौँ वृद्धवृद्धाहरु छन् । बुढेसकालमा परिवारका मायाँ र हेरचाह नपाएर पिल्सीयर मृत्यु वरहण गरेकाहरु…। राज्यले आर्थिक सहयोग,निःशुल्क स्वास्थ्यपचार लगायतमा सहयोग गरेको छ । तर लगभग ६०% भन्दाबढी जेष्ठनागरिकहरु परिवारबाट हेला र तिरस्कृत भईरहेका देख्न सकिन्छ । त्यस्तै जेष्ठनागरिक प्रति परिवारका सदस्य तथा निजका छोराछोरी,र नातिनातिनाले मायाँ र हेरचाह गरिदिने हो भने हाम्रो समाजमा यस्तो समस्या आउने थिएन होला ?

नेपाली समाजमा केही वृद्धवृद्धा(जेष्ठनागरिकहरु)को जिवन खुसीयालीमा पनि वितिरहेको छ । परिवारबाट मायाँ र हेरचाह पाएका पनि उदारण र सफलताका कथाहरु पनि छन् । वृद्धवृद्धा(ज्येष्ठनागरिकहरु प्रति नकारात्म धारणा राख्ने की उनीहरुलाई मायाँ ,ममता र पोषिलो खानेकरा खान दिएर राम्रो संग पालन पोषण गर्ने भन्ने कुरा त्यो परिवारभित्रका सदस्यको सोचाइमा भरपर्ने भएकाले पारिवारिक तथा नैतिक शिक्षाको अभाव रहेको पाईन्छ ।

ज्येष्ठ नागरिक कल्याणकोष सम्बन्धी व्यवस्थाः

ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्न नेपाल सरकारबाट प्राप्त रकम, विदेशी सरकार, विदेशी व्यक्ति वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त रकम, स्वदेशी व्यक्ति वा संघ, संस्थाबाट प्राप्त रकमलाई यस कोषमा जम्मा गरी जेष्ठनागरिकका समस्यामा सहयोग निमित्त कोष खडा गरिएको हुंदा यस कोषले पनि धेरै धेरै वृद्धवृद्धाहरुले सहयोग पाईरहेका छन् ।

अन्तमा ः
यस लेखमा ज्येष्ठनागरिकका अनुभव र कथामा ज्ञान र शिप तथा अनुभवको भण्डार प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएको पछिल्लो समयमा आफ्ना खुशी र दुनियाँमा हराउन चाहाने पछिल्लो युवापुस्तामा देखिएका धारण तथा समाजमा विध्यमान वास्वीकतालाई यस लेखमा विभिन्न कोणबाट यहाँहरुका प्रेरणाका लागि प्रस्तुत गरिएका छन्। ज्येष्ठनागरिकका कथाहरुले तन्नेरीलाई होस दिलाउन सक्ने विस्वस गरिएको छ । साथै यस्ता यथार्थ धरातलका सामग्रीहरु प्रकाशन पछी समाजमा परिवर्तन आउनेछ भन्नेमा अरु ज्येष्ठनागरिकलाई जोश र जाँगर पैदा गर्दछ।

जेष्ठनागरिकका हक हितका निमित्त देशमा निर्माण भएका ऐन कानन् बनेका छन् । जसको कारण स्थानीय तह,प्रदेश सरकार र केन्द्रीय सरकार मन्त्रालयहरु(महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालय,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा स्थानीय गाउँ,नगर,उपमहानगरपालिका ,महानगरपालिकाहरु बाट बजेट विनियोजन गरी जेष्ठनागरिक वृद्धी विकास,पोषणयुक्त खाना,स्वास्थ्यपचारका लागी विमा,सरसफाईका कार्यक्रमहरु,क्षमता विकास सम्वन्धी तालिमहरु,उमेरको वर्गीकरण गरी परिचयपत्रको व्यवसथा र जेष्ठनागरिकका हितका लागी विभिन्न कार्यक्रम गरिरहेको छ ।

तयार पारिएको मिती २०८१ जेठ १३ ।

प्रकाशित मिती २०८१ जेठ ३० गते

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस