आज:  | Fri, 22, Nov, 2024

गृह मन्त्रालयद्वारा तीन जिल्लामा सीडीओ हेरफेर,सुचि सहित हेर्नु होस्

४ जेष्ठ २०८१, शुक्रबार १८:३० मा प्रकाशित ( ६ महिना अघि) ३४४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ४ जेठ ।

सुक्रबार गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ३ जिल्लामा प्रजिअ हरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

सो अनुसार अनुसार बाँके जिल्ला प्रशासन कार्यालयमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । यसअघि उहाँ बागलुङ जिल्लामा कार्यरत हुनहुन्थ्यो ।

यस्तै बागलुङ जिल्लाको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यलय पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस