आज:  | Fri, 22, Nov, 2024

प्रतिनिधिसभा बैठक आज पनि बस्दै कांग्रेसको अवरोध कायमै,बिहीबारको बैठकमा धकेलाधकेल

४ जेष्ठ २०८१, शुक्रबार ०८:०७ मा प्रकाशित ( ६ महिना अघि) २९९ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ जेठ ।

संघीय संसद् अन्तर्रगतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ भने गत दुई महिनादेखी दुवै सदनको बैठकमा गर्दै आएको कांग्रेसको अवरोध कायम रहेको छ । हिजो हुने भनिएको बैठक शुरु हुन नपाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा अवरोध गरेपछि आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबार सभामुख देवराज घिमिरेले बैठक अघि बढाउँदै गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएका थिएपछी तनाव सिर्जना भएको थियो । कांग्रेसको विरोधबीच असहज स्थिति उत्पन्न भएको थियो। लामिछानेलाई रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिएका थिए। यसका कारण दुई पक्षका सांसदबीच धकेलाधकेलको स्थिति समेत उत्पन्न भयो ।

काँग्रेसले धेरै अघिदेखी सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ। सो कुरामा सत्तारुढ दल तथा सरकारले ध्यानै नदिएपछी आज बस्ने बैठकमा पनि विरोध जारी राख्ने कांग्रेसले जनाएको छ। यद्यपि बैठक बस्ने, नबस्ने अन्योल पनि उत्तिकै रहेको छ।

यो हो आज बस्ने बैठकको कार्यसूची

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु हुनेछ।

सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति टेबुल गर्ने कार्यसूची छ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते संघीय संसदको दुवै सदनमा गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस