आज:  | Fri, 22, Nov, 2024

सुदूरपश्चिम प्रदेशमा काँग्रेसले रोस्ट्रम घेरेपछि संसद् बैठक स्थगित

३ जेष्ठ २०८१, बिहीबार १२:२८ मा प्रकाशित ( ६ महिना अघि) २६० पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ जेठ ।

सुदूरपश्चिम प्रदेश सभा बैठकमा काँग्रेस र नाउपा रोस्ट्रम घेरेका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले आफुले विश्वासको मत लिनको लागी आज बैठक आह्वान गर्नु भएको थियो । यसका लागी संसद बैठक सुरु भएलगत्तै काँग्रेस र नाउपाका रेशम पक्षका नेताले बिरोध गर्दै रोस्ट्रम घेरेका हुन्।

सुदूरपश्चिम प्रदेशका नाउपाका २ मन्त्रीहरु भने सत्तापक्षमा थिए । तर अन्य सांसद प्रतिपक्षमा उभिएकाले उनीहरु पनि अप्ठ्यारोमा परेका छन् । काँग्रेसले रोस्ट्रम घेरेपछि संसद् बैठक भे ३० मिनेटको लागी स्थगित भएको थियो ।

मुख्यमन्त्री दीर्घ सोडरी असंवैधानिक रहेको नाउपका घनश्याम चौधरीले बताएका छन्। प्रतिपक्षमा नाउपका ५ सांसद र काँग्रेसका सबै सांसद उभिँदा राप्रपा सांसद खेमा बिस्ट भने टतस्थ मै रहनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस