आज:  | Fri, 22, Nov, 2024

एमालेले बलमिच्याई गरेर प्रतिवाद गर्ने चेतावनीपछी संसदमै कांग्रेस(एमालेको भिड्ने तयारी

३ जेष्ठ २०८१, बिहीबार ०८:१९ मा प्रकाशित ( ६ महिना अघि) ३७१ पाठक संख्या
नारी बाटिका


संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ

काठमाडौं ३ जेठ ।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। त्यस्तै आजै राष्ट्रिय सभाको बैठक पनि एक बजे बस्ने कार्यसूची छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिई रहेकोछ भने यता एमालेले बलमिच्याई गरेर प्रतिवाद गर्ने पनि चेतावनी दिएको छ ।

एमालेका अध्यक्ष वली भन्छन् कांग्रेसले बलमिच्याई गरेकोले आजबाट सो को प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ। यसै कारणले पनि आजको संसद बैठकमा मुठभेडको हुन सक्ने संकेत देखिएको छ।

कांग्रेसले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमपछी संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची थियो।

तर यस विषयले प्रवेश नपाउँदै कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै कार्यक्रमलाई अवरोध गरेका थिए। जसका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव नै सदनमा पेस हुन सकेन।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

लामिछानेमाथी सहकारीको रकम हिनामिना प्रकरणसंगै कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता देखिएको बताउन थालेको छ।

आफूविरुद्ध आछेप लगाउन थालेको भन्दै ओलीले कांग्रेसले कमिशन खाएर ७० विघाहा जमिन बेच्न दिएको आरोप लगाएका छन्। उनले आफ्ना सांसदलाई कांग्रेसको मिथ्या आरोपप्रति संसदमा सशक्त प्रतिवाद गर्न सांसदहरुलाई चेतावनी दिई सक्नु भएको छ ।

यस्तै अर्को तर्फ​ रास्वपाका सभापति रवि लामिछानेले भने आफूले संसदमा बोल्न पाउनुपर्ने अडान राखिरहेका छन्।

कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म रविलाई बोल्न नदिने अडान राखेको छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षको अडानले दुई महिनादेखि संसद बन्धक बनेको छ।

आजको सम्भावित संसदको कार्यसूची भने यस्तो छ

बिहिबार बिहान ११ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची सार्वजनिक गरेको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।

यसैगरी सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते गरेको सम्बोधन प्रति टेबुल गर्नुहुने तय गरिएको छ।

आजकै बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबार गरेको सम्बोधनका लागि प्रतिनिधि सभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएको छ।

यसैगरी बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पनि पेस गर्ने तयारी छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, पनि आजको बैठकमा २०८१ पेस गर्नु हुनेछ ।

यस्तै आज कै बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै यसै बैठकमा उद्योगमन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि सम्भावित ६ कार्यसूची सार्वजनिक गरिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%४%

प्रतिक्रिया दिनुहोस