आज:  | Fri, 22, Nov, 2024

वडाध्यक्षकै कार्यकक्षमा वडा सदस्यले प्रधानाध्यापकमाथि कुटपिट

२ जेष्ठ २०८१, बुधबार १४:५३ मा प्रकाशित ( ६ महिना अघि) २७५ पाठक संख्या
नारी बाटिका


दाङ २ जेठ।

दाङको ७ मा विद्यालयको शुल्क विवादमा वडाध्यक्षकै कार्यकक्षमा कुटपिट भएको छ । राजपुर गाउँपालिका वडा नं.७ मा श्री माध्यमिक विद्यालय सिक्टाको शुल्क विवादमा प्रधानाध्यापकमाथि कुटपिट भएको हो ।

विद्यालयको शुल्कको विषयमा विवाद भएपछी प्रधानाध्यापक विष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका हुन् ।

वडा नम्बर ७ का  वडाअध्यक्ष पुष्कर वलीसँग सोमबार वडा कार्यालयमा छलफल गरिरहेका बेला वडा सदस्य बस्नेतले आफूमाथि कुटपिट गरेको प्रधानाध्यापक खत्रीले बताएका छन् ।

यता वडा सदस्य बस्नेतले भने प्रधानाध्यापक खत्रीले नै आफुलाई आक्रमण गर्न आउँदा आफूले आफ्नो बचाउ गरेको प्रतिक्रिया दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस