आज:  | Fri, 03, Jan, 2025

शेयर सदस्य र अध्यक्ष सहित सहकारीको रकम अपचलन आरोपमा ८ जना पक्राउ

२ जेष्ठ २०८१, बुधबार ०७:१५ मा प्रकाशित ( ७ महिना अघि) ५८९ पटक पढिएको
नारी बाटिका


कास्की २ वैशाख ।

कास्की प्रहरीले सहकारीको रकम अपचलन आरोपमा  अध्यक्ष सहित ८ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका(४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा मंगलबार प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

पोखरा सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ रुपयाँ नियम विपरित अपचलन गरेको पाईएकोले उनीहरु पक्राउ परेका हुन् ।

सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनु भयो ।

पक्राउ पर्नेमा पोखरा( वडा नं.१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा–४ गैहपाटनका ६६ वर्षीय निदेश प्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा(११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा–२७ अर्चलेका ३७ वर्षीय सुरेन्द्रमणि पौडेल रहेका छन् ।

यसैगरी सहकारीका कानुनी सल्लाहकार पोखरा–१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा–३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा–३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा–८ का ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् ।

उक्त सहकारीबाट रकम हिनामिना गर्नमा सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम अपचलन गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताउनु भयो ।

सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन र हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न आग्रह गरेको छ ।

प्रहरीले सहकारीका बचतकर्तालाई पनि सार्वजनिक सूचना मार्फत उजुरीको आह्वान गरेको छ । आगामी जेठ २० गतेभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजात सहित उजुरी दिन प्रहरीले आग्रहका साथ सदस्यलाई सुसुचित गराएको गराएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस