आज:  | Fri, 22, Nov, 2024

ट्रेड युनियन काँग्रेस धादिङद्वारा चेतावनी सहितको प्रेस विज्ञप्ती जारी

१ जेष्ठ २०८१, मंगलवार २०:१० मा प्रकाशित ( ६ महिना अघि) ७२३ पाठक संख्या
नारी बाटिका


धादिङ १ जेठ ।

नेपाल ट्रेड युनियन काँग्रेस धादिङद्वारा आज प्रेस विज्ञप्ती जारी गरेको छ । हालै धादिङ जिल्लाका विभिन्न पालिकाहरुहरुमा कार्यरत करार कर्मचारीहरु,विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुलाई विभिन्न वहाना बनाई सेवाबाट हटाईएको भन्दै सो सम्वन्धमा ट्रेड युनियन धादिङद्वारा पुर्नवहालीको माग गर्दै  आज प्रेस विज्ञप्ती जारी गरिएको हो ।

यस्तै जिल्लाका स्वास्थ्य संस्थाहरुमा कार्यरत करारका कर्मचारी, विद्यालयमा अध्यापन गराईरहेका करार शिक्षकहरुलाई स्थानीय पालिकाले आफुखुशी विभिन्न बहाना बनाई बरखास्त गरेको भन्दै सो निर्णय प्रति नेपाल टे«ड युनियन काग्रेंस धादिङले भत्र्सना गरेको छ।

मंगलबार ट्रेड युनियन काँग्रेस धादिङ समितिका अध्यक्ष धुर्व रिजालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरेको छ । स्थानीय तहको कार्य सम्पादन समितिको बैठकको निर्णयानुसार विगत १८।२० बर्षदेखि निरन्तर सो क्षेत्रमा सेवा गर्दै आएका श्रमिकहरुलाई काम गर्दा गर्दै विना कारण, विना जानकारी एक्कासी विभिन्न बहानाका आधारमा प्रतिसोधपुर्ण र दरासयपुर्ण भई वर्तमान शिक्षा ऐनको बहानामा सेवाबाट बर्खास्त गर्ने निर्णय प्रति नेपाल टे«ड युनियन काग्रेंस धादिङको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

यस्तै स्थानीय तहले आफु निकट व्यक्तिहरुलाई दक्षता र योग्यता समेत नहेरी रोजगारी दिलाउने गरेको र फरक विचार राख्नेहरुलाई सो वदनियतपुर्ण निर्णयका कारण सेवा गर्दा गर्दै नेपालको संविधान, ऐन नियम, श्रम ऐन र आईएलओ अभिसन्धी विरुद्ध श्रमिको हकहित विपरित गरिएको निर्णय अविलम्ब फिर्ता गरी पुर्नवहालीका लागि जोडदार माग गरिएको छ ।

स्यस्तै जारी सो विज्ञप्ती मार्फत थानीय सरकारसँग जोडदार माग गर्दे माग पुरा नभए वा यसलाई वेवास्ता गरिए सो निर्णयको विरुद्ध जस्तोसुर्क कदम चाल्नपनि तयार रहने समेत उल्लेख गरी यसै प्रेस विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%६%

प्रतिक्रिया दिनुहोस