आज:  | Fri, 22, Nov, 2024

नेपाली काँग्रेसको आज संसदीय दलको बैठक बस्दै

१ जेष्ठ २०८१, मंगलवार ०७:२९ मा प्रकाशित ( ६ महिना अघि) २९० पाठक संख्या
नारी बाटिका


काठमाडौँ -२०८१ जेठ १ ।

पछिल्लो राजनितिक घटनाक्रमको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक राख्नु भएको छ ।

संसदीय दल अन्तर्रगतको कार्यसमितिको बैठक अहिले बिहान ८ बजे बस्नेछ । संसदीय दलको बैठक भने मंगलबार बिहान ९ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्ने तय गरिएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणका विषयका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने केही समयअघि देखी नै अडान राख्दै आएको काँग्रेसले संसद्का दुवै सदनमा पनि अवरोध गर्दै आएको छ ।

आज सरकारले आगामी आर्थिक वर्षालागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तयारी भएकाले यस कार्यक्रमको संसद्मा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा दलको धारणा तय गर्न यस बैठकले निर्णय लिने बताइएको छ ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रममा काँग्रेसले अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले निर्णय लिएपछी मात्रै जानकारी हुने बताउनु भयो ।

गृहमन्त्री लामिछानेमाथी लागेको सहकारी ठगी प्रकरणको आरोप छानबिन गर्न समिति गठन गर्नुपर्ने माग सम्वन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएतापनि स सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने समिती गठन नगर्ने साथै यस बारेमा असहमती राखेका छन् ।

गृहमन्त्री लामिछाने कै विषयलाई लिएर यसअघिको बजेट अधिवेशनको पहिलो बैठक पूर्णरुपमा काँग्रेसले अवरोध गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस