आज:  | Fri, 22, Nov, 2024

सभामुखद्वारा देउवा र रविलाई टेलिफोन गरी संसदमा सौहार्दपूर्ण वातावरण बनाउन अपील

३१ बैशाख २०८१, सोमबार १८:२३ मा प्रकाशित ( ६ महिना अघि) ३३५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३१ वैशाख ।

सभामुख देवराज घिमिरेद्वारा नेपाली काँग्रेसका सभापती देउवा र गृहमन्त्री रविलाई टेलिफोन गरी संसदमा सौहार्दपूर्ण वातावरण बनाउन अपील गर्नु भएको छ । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कुराकानी गर्नु भएको हो ।

दलहरूबीचको बिवादका कारण सदनको गतिरोध हटाउन यसअघि नै सभामुख घिमिरेले सक्रियता बढाउनु भएको थियो। सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई टेलिफोन गरी राष्ट्रपतिको उपस्थित हुने संयुक्त सदनको बैठक अघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नु भएको छ ।

उक्त बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई समेत आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न सभामुख घिमिरेले अपील गर्नु भएको छ ।

आज दिउँसो टेलिफोन गरी सभामुख घिमिरेले देउवा र लामिछानेसँग कुराकानी गर्नु भएको हो ।उहाँहरुसँगको कुराकानीमा सभामुख घिमिरेले राजनीतिक सहमति जुटाउन आग्रह गर्नु भएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

यस विषयमा सभामुखले आजै प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षसँग छलफल गरिक्नु भएको छ । उहाँले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस