आज:  | Sun, 20, Apr, 2025

पाँच किलो सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ

३१ बैशाख २०८१, सोमबार ०८:३४ मा प्रकाशित ( ११ महिना अघि) २६६४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ वैशाख ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुन सहित दुईजना पक्राउ परेका छन् । गएराति भारतीय नागरिकहरु सुरेश कुमार मोहन र कुमार गणेशन पाँच किलो एक सय ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका हुन् ।

आईतबार साँझ पौने ७ बजे फ्वाई दुबईबाट आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरु दुवैले कपडामा सुनको लेप लगाएर आएको र चेक चाँच गर्ने क्रममा समातिएका हुन्।

अहिले दुबैजनालाई गौशाला प्रहरी कार्यालयमा राखिएको छ भने उनीहरुलाई आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी भैरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस