आज:  | Tue, 28, Jan, 2025

संसदलाई गतिशील र जनमूखी बनाउन नसकेकोले चारैतिर जनताको गुनासो : पूर्व सभामुख सापकोटा

३० बैशाख २०८१, आईतवार ०७:१५ मा प्रकाशित ( ८ महिना अघि) १६४८ पटक पढिएको
नारी बाटिका


धादिङ ३० बैशाख ।

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसदलाई गतिशील र जनमूखी बनाउन नसक्दा अहिले चारैतिरबाट जनताको गुनासो आएको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रको जिल्ला बैठकमा धादिङबेसी आउनु भएका अवसरमा प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनु भएको हो ।

पूर्व सभामुख सापकोटाले राष्ट्रिय सहमतिमा जति ढिला गर्यो देशको अस्तित्वमाथी प्रश्न चिन्ह खडा हुने बताउँदै सहमति सहकार्य र समन्वय गर्दै नेपालका ठला राजनितिक दलहरु अघिबढ्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

सम्सदलाई सहमति पूर्वक सुचारु गर्नका लागि राष्ट्रिय सहमति कायम गरी संचालन गर्नु पर्ने बताउनु भयो ।

उहाँले सरकारले काम गर्दा जनताको जिवनस्तर उकास्ने खालका कार्यक्रम गर्न नसकेकोले आगामी दिनमा राष्ट्रको आवस्यकतामा आधारित रहेर हाल भैरहेका गतिविधिको निरन्तरतामा क्रमभंग गर्नुपर्ने बताउनु भयो ।

यस्तै अहिलेको संसदले जनतालाई आशावादी बनाउन नसकेको अराजकता र उकुसमुकुसको अवस्थामा देश पुगेकोले सबै राजनितिक दलहरु मिली साझा राष्ट्रिय दृष्ट्रिकोण बनाउनु पर्नेमा पूर्व सभामूख सापकोटाले जोडदिनु भयो ।

यसैबिचमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै उहाँले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नव प्रवर्धनको क्षेत्रमा जोड दिने खालको बजेट ल्याउनु पर्ने समेत धारणा व्यक्त गर्नु भयो ।

समाजवाद अर्थात सबैका लागि समृद्धि हुने निति कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउनु पर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका धादिङ इन्चार्ज एवं् केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष मनराज भण्डारी (शैलेस)लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस