आज:  | Fri, 22, Nov, 2024

नेपाली काँग्रेस र रास्वपाको जुहारी,संसद बैठक ठप्प साथमा एमाले माओवादी लामिछानेको पक्षमा

२९ बैशाख २०८१, शनिबार ०८:१९ मा प्रकाशित ( ६ महिना अघि) ३५८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २९ वैशाख ।

राजनिति दाउपेचको लागी कुनै न कुनै विषयमा हंगामा चल्नु त यो नेपालको लागी नौलो विषय त हैन नै ? तरपनि पछिल्लो समयमा मुलुकमा चलेको काँग्रेस र रास्वपा लामिछानेबिचको जुहारी चाँही सहकारी ठगी प्रकरणको हो । गृहमन्त्री रवी लामिछानेले यसअघि आफु सहकारीमा हुंदा या चिनेजानेका बाट कुन सहकारीबाट के कति ऋण लिए र सहकारीको रकम कति अपचलन गरे भन्ने बारेमा त गहिरो अनुसन्धान गरेपछी मात्रै तथ्य सत्ते बाहिर आउला नै ? तर यतिबेला भने संसद देखी सामाजिक संन्जालसम्म यी दुई पार्टीका नेताहरुबिचमा यस्तो जुहारी चलिरहेको छ ।

सुक्रबार गृहमन्त्री लामिछानेले आफुनो फेसबुक स्टाटसमा यसरी काँगै्रेसप्रति झटारो हानेका छन् तपाँईहरु पनि पढी हाल्नोहोस्-:

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको,लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन ।

तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ।

‘म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र ??
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

अब फेरी काँग्रेसको जवाफ यो पुरा पढ्नु होस्-:

हातमा ताला चाबि छ,शिरमा प्रचण्ड र ओलिको हात छ।
छानबिन समिति बनाएर काङ्ग्रेस र गगन थापाहरुले लगाएको आरोप झुट साबित गर्नुस। गृहमन्त्री भएर सामाजिक संजालमा आएर थुतुनो बजाएर जनतालाई भ्रममा पारेर रोइलो गर्ने हैन धेरै भयो नाट्क नखाएको भए विष लाग्दैन थुतुनो चलाउन बन्द गर ।

संसदमा उभिएर प्रधानमन्त्री प्रधानन्यायाधीश जस्तो बन्ने,संसदीय समितिमा गृहमन्त्री प्रहरी प्रमुख बोकेर जाने,महान्यायाधिवक्ताले क्लिन चिट दिने काम लोकतान्त्रिक गणतन्त्रमा सुहाउने बिषय होइन।
संसद सत्ता पक्षको नभएर प्रतिपक्षकै हुन्छ लोकतन्त्रमा ।

तर सत्ता पक्ष एमाले र नेकपा माओवादी भने गृहमन्त्री लामिछाने कै पक्षमा उभिएका छन् । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एव्ं सत्ता गठवन्धनका माधव नेपाल भने यस विषयमा मौन रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस