आज:  | Sun, 08, Sep, 2024

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै

२१ बैशाख २०८१, शुक्रबार ०७:४९ मा प्रकाशित ( ४ महिना अघि) २०५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ वैशाख ।

आज मे ३ तारिख अर्थात ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ । विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने मुल नाराका साथ आजकै दिन विश्वभर यो मनाइँदै छ।

‘विश्वव्यापी रुपमा हरेक वर्ष मे ३ तारिखलाई स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विण्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

विश्वको जुनसुकै स्थानमा बसोबास गर्ने जाती,धर्म तथा संस्कृर्तीको चलनचल्ति होस् । सधैँ सबैले विभिन्न प्रकारका सूचना लिन र दिन पाउने गरी नागरिकको पहुँच हुनुपर्छ र पत्रकारलाई सुरक्षित वातावरणको सृजना गर्न सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।

साथै यस दिवसले सत्य र तथ्यमा आधारित रहेर सुचना तथा समचार सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै दिवसका अवसरमा युनेस्कोकोले आयोजना गरेको चिलीको राजधानी सान्टियागो सहरमा पत्रकारहरुको सम्मेलन भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस