बिबियु
नारी बाटिका संवाददाता
धादिङ÷१९ वैशाख ।
नेपाल ट्रेड युनियन काँग्रेस धादिङको प्रथम जिल्ला परिषद बुधबार धादिङबेसीमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस धादिङका अध्यक्ष धुर्व रीजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङग्रेस धादिङका केन्द्रीय सदस्य नेता एव्ं पुर्व कानुनमन्त्री दिलमान पाख्रीन तामाङको प्रमुख आतिथ्यता,नेपाली काँग्रेस जिल्ला सभापती तथा संघीय साँसद रामनाथ अधिकारी तथा नगरपालिका महासंघ नेपालका अध्यक्ष एवं निलकण्ठ नगरपालिकाका मेयर भिमप्रशाद ढंगानाको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्नु हुँदै संघीय साँसद अधिकारीले मजदुरका हक,हितमा नेपाली काँग्रेस साथै ट्रेड युनियनले प्रभावकारी रुपमा काम गर्नु पर्ने साथै श्रमिकहरुलाई परेको समस्यामा आफु जहिले पनि सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
यस्तै उहाँले हाल निलकण्ठ नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत अस्थाई शिक्षकहरुको रोजगारीबाट हटाईएको विषयमा आफुलाई गुनासो आएकोले नगरपालिकाका मेयर ढुंगाना समक्ष यस विषयको स्पष्टता समेत माग्नु भएको थियो । j
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी पाख्रीनले ट्रेड युनियनले श्रमिक र किसानहरुको पक्षमा आवाज उठाई काम गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्नु हुंदै विशेष अतिथी मेयर ढुंगानाले पछिल्लो समयमा धादिङ लगायत पार्टीभित्र समेत उठीरहेको निलकण्ठ नगरपालिकामा विद्यालय एकिकरण,करार शिक्षकहरुलाई रोजगारीबाट हटाईएको विषयले निकै प्रशय पाईरहेको बताउनु भयो।
आफुले शिक्षक कर्मचारीको रोजगारीलाई वाधा पुग्ने कुनैपनि काम नगरेको बताउनु भएको थियो।
यसैगरी मेयर तथा काँग्रेसका नेता ढुंगानाले नेपालको संविधानले नै कक्षा बाह्रसम्म निशुल्क शिक्षा प्रदान गर्नु भनि स्पष्ट तोकिएकोले आफुले नगरपालिकाभित्रका सबै विद्यालयमा कक्षा बाह्रसम्म निशुल्क शिक्षा प्रदान गर्ने योजना अघि सारेको हो” बताउनु भयो ।
विद्यार्थीहरुसंग कुनै शुल्क नै लिन नमिल्ने भएपछी कसरी नगरपालिकाले अस्थाई तथा करारमा रहेका शिक्षकहरुलाई तलव खुवाउन सकिन्छ र ? भनेर प्रश्न गर्नु भयो ।
उहाँले शिक्षा ऐनले नै ४० वर्ष काटेका र अस्थाई रुपमा काम गरिरहेका शिक्षकहरुलाई उमेरले नै म्याद थप गर्ने अधिकार दिएको छैन भनी जिकिर गर्नु भयो ।
उहाँले आफुले शिक्षा ऐनले व्यवस्था गरे अनुसारको निर्णय लिँदा यसबाट मर्का पर्न गएका शिक्षकहरुले कुनै व्यवशाय संन्चालन गर्नको लागी मेयर उद्यमशिल कार्यक्रम अन्तर्रगत रु १५ लाख विना ब्याज कर्जा उपलव्ध गराउने जानकारी गर्नु भएको छ ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काङग्रेस धादिङका कोषाध्यक्ष र सचिव हरी अधिकारीले संस्थाको आय ब्यय र आगामी बर्ष गर्ने क्रियाकलापहरु, संस्थाको भावी योजना र रणनितिको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।कार्यक्रममा बागमती प्रदेश ट्रेड युनियनका अध्यक्ष गणेश भट्टराई, क्षेत्रिय सभापती राकेश धमला,वागमती प्रदेश सांसद गोविन्द प्रशाद लम्साल,प्रदेश सांसद शिवराज अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरी नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवी प्र. छत्कुली,नेपाली काँग्रेस धादिङका नेता तथा वौदिक व्यत्तित्व वासु तिमल्सीना विद्यार्थी संघ(नेविसंघ)का पुर्व अध्यक्ष ईश्वर अधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघका प्रतिनिधी भवानी तिमल्सीना,नेपाल महिलासंघ धादिङकी सभापती अम्वीका अधिकारी
ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य विष्णु प्रशाद अधिकारी काँग्रेसका कार्यकर्ताहरु,श्रमजिवीहरु लगायत विभिन्न मजदुर प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रममा ट्रेड युनियन काँग्रेस धादिङका पुर्व अध्यक्ष भवनाथ अधिकारी,गाउँपालिकाका अध्य तथा उपध्यक्ष्हरु,
प्रतिक्रिया दिनुहोस