आज:  | Fri, 03, Jan, 2025

चोरले बैंकको मुल गेटमा नयाँ ताल्चा लगाउदै १ करोड ३४ लाख रुपैयाँ चोरी

१८ बैशाख २०८१, मंगलवार १८:५२ मा प्रकाशित ( ८ महिना अघि) ९३२ पटक पढिएको
नारी बाटिका


वीरगन्ज १८ वैशाख।

वीरगन्ज बजारस्थित नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँ भन्दा बढी नगद चोरी भएको छ। बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिलला प्रहरी कार्यलय पर्साका प्रवक्ता एवं् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई खबर गरेका हुन्।

सो घटना बारे प्रबन्धक पौडेलले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलीले घटनास्थलमा पुगेको थियो । चोरले बैंकको मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनु भयो।

बैंकमा टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ।बैंकको उक्त शाखामा रातिको समयमा सुरक्षा गार्ड नबस्ने र सोही मौका छोपेर चोरहरूले बैंकमा पसेर चोरी गरेको प्रहरीले जनाएको छ।

प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम समेत बोरामा हालेर लगेको देखिएको प्रहरी प्रवत्ता थापाले जानकारी दिनु भयो ।

बैंकमा भएको उक्त चोरीको घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस