काठमाडौँ -५ चैत।
काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण १० औं योजना बनाएर एक किश्वरीको हत्या भएको छ । गोकर्णेश्वर नगरपालिका ३ बस्ने १८ वर्षिया सुष्मा लामाको प्रेम अस्वीकार गरेका कारण स्थानीय २१ वर्षीय रुपेन्द्र लामाले उनको हत्या गरेको अनुसन्धानमा खुल्न आएको हो ।
सुष्मा लामाले प्रेम प्रस्ताव अस्वीकार गरेका कारण उपेन्द्रले सुष्माको हत्या गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रुपेन्द्रलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । थप अनुसन्धान तथा कारबाहीको लागि रुपेन्द्रलाई प्रहरी वृत्त, बौद्ध पठाइएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनु भयो ।
स्थानीय रुपेन्द्रले सुष्मालाई विगत आठ महिनादेखि मन पराउँदै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले सुष्मालाई पटक पटक प्रेम प्रस्ताव राखे पनि सुष्माले अस्वीकार गर्दै आएकी थिइन् । प्रेम प्रस्ताव अस्वीकार गरेका कारण रुपेन्द्रले उनको हत्या गर्ने योजना यसरी बनाएका रहेछन् की सुन्दै अचम्म लाग्दो छ।
रुपेन्द्रले सुष्मा लामालाई आठ दिनदेखि बाटो ढुकेर बसेका थिए । हत्या गर्ने दिन पनि उनले प्रेम प्रस्ताव राखेको प्रहरीले जनाएको छ । रुपेन्द्र आफुले सुष्मालाई फेरी पनि प्रेम प्रस्ताव राख्ने र नमाने जे सुकै हर्कत पनि गर्ने योजना बनाई ४ दिनदेखि खाल्टो खनेर राखेको रहेछन् ।
गत फागुन २४ गते अपराह्न करिब साढे ४ बजे गोकर्णेश्वर नगरपालिका(३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा दुई वटा हातमात्र देखिएको र शरीरको अन्य भाग पुरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अभियुक्तको खोजी सुरु गरेको थियो भने यता सुष्मा हराएको भन्दै फागुन २२ मा आफन्तले प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रहरी अनुसन्धानबाट खुल्न आएका कुराहरू
१. रुपेन्द्र लामाले मृतक सुष्मा लामालाई विगत ८ महिनादेखि मन पराउँदै आएको ।
२. उनीहरू विगत १ । २ वर्षदेखि दुवैजना घाँस काट्न, बाख्रा चराउन जङ्गलमा सँगै जाने आउने गरेको ।
३. उनीहरू बिच फोन सम्पर्क तथा कुनै पनि सामाजिक सञ्जालमा कुराकानी भने नभएको र भेटेको बेलामा मात्र कुराकानी हुने गरेको ।
४. रुपेन्द्रले सुष्मालाई एकतर्फी रुपमा मात्रै मन पराएको र पटक पटक प्रेम प्रस्ताव समेत राखेको, तर सुष्माले अस्वीकार गर्ने गरेको ।
५.अन्तिम पटक पनि रुपेन्द्रले मृतकलाई ८ दिनसम्म बाटोमा ढुकेर बसेको भन्ने खुल्न आएको ।
६. उपेन्द्रले ४ दिनदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटोसमेत साथमा लिई हिँडेको ।
७. रुपेन्द्रले हत्यापछि पुरेको स्थान पहिले नै रेकी गरेको पाइएको ।
घटना हुने दिनमा पनि रुपेन्द्रले सुष्मा एक्लै कलेज गइरहेको देखी निजलाई बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा मृतकले इन्कार गरेकोले पछाडिबाट घाँटी थिची अचेत बनाई उपेन्द्रले पहिले नै रेकी गरेको स्थानमा लगी टाई र जुत्ताको तुनाले घाँटीमा कसेको र हातलाई निजकै कम्मर पेटीले बाँधी कुटोले खाल्डो खनी पुरेको ।
९. मृतकको मोबाइल र किताब । कापी आफैँले लिई गएको ।
१०. उपेन्द्रले गत फागुन २३ गते गुगलबाट अर्कैको बेहुला र बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई इडिट गरी मृतकको फेसबुकमा राखेका । र फेसबुक डिएक्टिभ गरेको ।
११. त्यस्तै गत फागुन २५ गते मृतकका आफन्तहरू खोजतलासको लागि प्रहरीकोमा निवेदन दिन गएको कुरा मृतककै आमाले रुपेन्द्रको घरमा गई कुरा गर्दा थाहा पाए पश्चात् भोलीपल्ट फागुन २६ गते निजले मृतकको दिदीको फोन नम्बरमा टेक्स्ट एसएमएस गरेका ।
रुपेन्द्रले उक्त एसएमएस गरे पश्चात् अन्य फोन कल तथा एसएमएस नगरेको, केही समय पछि मोबाइल समेत अफ गरी राखेको खुल्न आएको हो ।
प्रतिक्रिया दिनुहोस