आज:  | Sat, 04, Jan, 2025

नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का विरुद्ध सर्वोच्चमा पुनरावेदन पेश

४ चैत्र २०८०, आईतवार १४:२६ मा प्रकाशित ( ९ महिना अघि) ८९७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ४ चैत।

नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का विरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

यसअघि विशेष अदालतको फैसलामा आफूले मागदाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै अख्तियारले खड्का विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोगले जनाएको छ । गत असार १५ मा विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो ।

२०७५ पुस २३ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै उक्त रकम, सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो । मागदाबी अनुसार पुरा सजाय नगरी करिव आधा मात्रै सजाय भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

यसैगरी अख्तियारले खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप लगाएको थियो । विशेष अदालतले त्यसलाई आंशिक रूपमा ठहर गर्दै उनीहरूको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्नु भनी आदेश दिएको थियो ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा खड्कासँग २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति पाइएको थियो, जसमध्ये ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ मात्रै उनले वैध रुपमा आम्दानी गरेको ठहर गरेको थियो । त्यसपछी भने खड्काले आयल निगमको कार्यकारी निर्देशक भएपछिको ६ महिनामा मात्रै उनीमाथि ७ करोड ४४ लाख आर्जन गरेको आरोप पुष्टी गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%१%१%

प्रतिक्रिया दिनुहोस