आज:  | Mon, 06, Jan, 2025

एम्बुलेन्स चालक समेत लागूपदार्थ सेवन गरी सवारी चलाउने नागढुङ्गा प्रहरीद्वारा पक्राउ

३ चैत्र २०८०, शनिबार ०९:१२ मा प्रकाशित ( ९ महिना अघि) १००९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३ चैत।

नागढुङ्गा प्रहरीद्वारा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । धादिङ र काठमाडौँको मुख्य नाका मानिएको सिमाना प्रहरी नागढुङ्गाबाट खटिएका प्रहरी टोलिले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एम्बुलेन्स चालक सहित चार जना चालकलाई पक्राउ गरिएको जनाएको छ ।

सो स्थानमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १(०१(००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया, रहेका छन् ।

यसैगरी बागमती प्रदेश ०३ ००१ ख १९९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० का २४ वर्षीय प्रविण ठकुरी र ना७ख ९५८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरी एव्ं नागढुङ्गा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी पक्राउ गरी चारैजनामा थी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको नागढुङ्गा प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस