आज:  | Mon, 06, Jan, 2025

जुनचाँही चोर,उसकै ठुलो स्वर भनेको झइँ ? चोरको कुटाईबाट एकको मृत्यु,

२४ फाल्गुन २०८०, बिहीबार १५:२६ मा प्रकाशित ( १0 महिना अघि) १०७३ पटक पढिएको
नारी बाटिका


नेपालगन्ज २४ फागुन ।

सुुन्दै अचम्म लाग्दो । जुनचाँही चोर,उसकै ठुलो स्वर भनेको झइँ ? यस्तै भएको नेपालगन्ज बाँकेमा । चोरी गर्न घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर रुपमा घाइते भएका छन्।

नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेस्थित जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरहरु छिरेका र तिनै चोरहरुले सोही घरका मानिसलाई कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो।

बाँके प्रहरीका अनुसार सो घटनामा परि घाइते भएकी मृतक थारुकी श्रीमती सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ।
लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको सबिताकी बहिनी बसन्ती चौधरीले बताएकी छन् ।

घटनास्थलमा प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चोरहरूले थारु परिवारलाई कुटपिट गरेर घाइते बनाई उहाँको घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ।

नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेबाट करिब ३ किलोमिटरको दुरीमा रहेको मृतक थारुको घरमा लुटपाट र हत्याको घटना भएकोले स्थानीयले सुरक्षा व्यवस्था प्रति प्रश्न समेत उठाएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस