आज:  | Tue, 24, Dec, 2024

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आजदेखि वर्षाको सम्भावना

१८ फाल्गुन २०८०, शुक्रबार ०७:४५ मा प्रकाशित ( ९ महिना अघि) ५८५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ फागुन ।

हाल पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएको कारण आजदेखि देशका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु पुनः रहेकोले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। आज शुक्रबार साँझदेखि यो प्रणाली थप सक्रिय हुँदै जाने भएको वर्षाको सम्भावना बढेको हो।

आजको साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् राजु प्रधानांगले बेलुकी पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्ने जानकारी दिएका छन् ।

उहाँका अनुसार सुक्रबार राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारण तया मौसम बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

खोली शनिबार बागमती प्रदेश सहितका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भैइरहेछ। महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण तया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस