आज:  | Tue, 24, Dec, 2024

कर्मचारीले केही कामै नगरेपनि छुट् दिने निजामती कर्मचारी प्रणाली वाधक :अख्तियार प्रमुख

१६ फाल्गुन २०८०, बुधबार ०८:०३ मा प्रकाशित ( १0 महिना अघि) ७७५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -१६ फागुन ।

कर्मचारीले केही कामै नगरेपनि छुट् दिने हालको निजामती कर्मचारी प्रणाली वाधक रहेको अख्तियार प्रमुख राईले बताउनु भएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको प्रणालीमा निजामती कर्मचारीलाई काम नगर्न पनि छुट दिएको बताउनु भएको हो ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले कर्मचारीहरूमा काम गर्न अग्रसर नहुने प्रवृत्ति देखा परेको भन्दै अख्तियार प्रमुखको धारणा मागेका थिए । उहाँले जवाफ दिदै कर्मचारी नियुक्ति प्रक्रिया, प्रचलित ऐन कानुन, दण्ड सजायको व्यवस्था कमजोर रहेको बताउनु भयो ।

यसैगरी कर्मचारीको हकहितका लागी भनेर बनाईएको ट्रेड युनियन लगायतका विभिन्न संघ संस्थाले कर्मचारीले राज्यको सेवासुबिधा लिएर नागरिकका सेवामा काम गरेकी गरेनन् भनेर हेर्ने भन्दापनि कर्मचारीले जनाताको सेवामा आलेटाले र कामै नगर्दापनि तिनै कर्मचारीमा पक्षमा सवाल उठाउँदै कर्मचारीलाई कामप्रति जिम्मेवार बनाउने प्रणाली नै नरहेकोले नागरिकप्रति उत्तरदायी बनाउन नसेको बताउनु भएको थियो ।

‘त्यसैगरी कर्मचारीलाई आफ्नो जिम्मेवारी र जबाफदेहिता पूरा नगर्नेलाई कारबाही हुनुपर्‍यो भन्ने माननीयज्यूहरूको जुन आग्रह छ यो अहिलेको सबै भन्दा ठूलो संकट हो । कर्मचारीले काम नगर्नुको कारण यही हो’, उहाँले भन्नु भयो ।

पछिल्लो समयमा देशमा गलत गर्नेलाई दण्ड हिनता बड्दै बेला कर्मचारीले काम नगरे पनि कारबाही भोग्नु पर्ने व्यवस्था कमचोर हुनु प्रमुख समस्या रहेको बताउन भयो । ‘कामै राज्यको सेवा सुविधा लिएर कामै नगरे पनि त्यो कर्मचारीलाई केही हुँदैन, कुनै कारबाही नै हुँदैन त किन काम गर्ने ?’ उहाँ प्रश्न गर्नु हुन्छ, ‘यस्तो किन भयो, किनकि हामीले निजामती सेवा ऐनदेखि नियम कानुनहरूमा छुट दियौँ ।’

निजामती सेवा सम्बन्धी ऐनमा जिम्मेवारी पूरा नगरे कार्यालय प्रमुख वा विभागीय प्रमुखले स्पष्टीकरण सोध्न सक्ने व्यवस्था रहेको तर, काम नगरेका कारण कुनै कर्मचारीसँग स्पष्टीकरण लिएको आफ्नो जानकारीमा नरहेको उहाँले बताउनु भएको छ ।

कर्मचारीमा मेरो जिम्मेवारी के हो ? मैले जनताको सेवामा कार्यलयमा के काम गर्नु पर्छ भन्ने बोध नहुनुको पछाडि कर्मचारीहरूको ट्रेड युनियन पनि प्रमुख कारण रहेको उहाँको भनाइ छ । कर्मचारीतन्त्रको माथिल्लो तहमा खुला प्रतिस्पर्धा गराउने प्रणालीले पनि समस्या पारेको अख्तियार प्रमुख राईको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%१%

प्रतिक्रिया दिनुहोस