आज:  | Wed, 25, Dec, 2024

निःशुल्क कानूनी सहायता दिन्छौ :अधिवत्ता बिष्णु गिरी

२९ पुष २०८०, आईतवार १४:१३ मा प्रकाशित ( ११ महिना अघि) ७९७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ पुस ।

हाल जिल्लादेखी सर्वोच्च अदालत सम्म बढदै गएको मुद्धाको चाप घटाउन स्थानीय तहका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने अधिवत्ता बिष्णु गिरीले बताउनु भएको छ । उपभोत्ताहरु आफ्नो अधिकारको बारेमा सचते भए देश आफै बन्ने कुरा पनि अधिवत्ता बिष्णु गिरीले बताउनु भयो ।

पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चामा रहेका अधिवत्ता बिष्णु कुमार गिरीले कानुनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन् । नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोत्ता समिति तथा बिद्यालयहरुमा कानुनी साक्षरताको अभियान सञ्चालन गरी नागरिकलाई कानुनको बारेमा सचेत गराउनु पर्ने बताउनु भएको छ ।

नेपाली उपभोत्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवत्ता गिरीले सरकारी निकायले दिने सेवा सुबिधाको लागि जारी गरिने बडा पत्रमा कुनै कार्यालयले समयमै कार्य सम्पन्न गर्न नसेको त्यसको क्षतिपूर्ति सेवाग्राहीलाई दिनुपर्ने ब्यबस्था गर्नु पर्ने बताउँछन ।

अधिवत्ता गिरी भन्छन अहिले अधिकास सरकारी कार्यालयको लेनलाईन फोन उठदैन् कार्यालयमा सूचना कक्ष त राखिएको हुन्छ तर त्यहाँबाट सेवाग्राहीले सूचना प्राप्त गर्न सकिरहेको अवस्था छैन ।

यस्तो अस्थामा सेवाग्रही सहि समयमा सेवा पाउन नसक्ने अवस्था भएकोले क्षतिपूर्ति सहितको बडा पत्र हरेक सरकारी निकायले जारी गर्नु पर्छ । आम उपभोत्तालाई आफ्नो अधिकारको बारेमा जानकारी गराउन सके नेपालमा बढदै गएको भष्ट्रचारको अन्त्य हुने बताउने अधिवत्ता गिरी बिकसीत मुलुकका उपभोत्ता सचेत भएकोले नै त्यो देशले बिकासमा फड्को मारेमो बताउनु हुन्छ ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेपछि अधिवक्ता बिष्णुकुमार गिरीको चर्चा थप चर्चा चलेको छ ।

अधिवत्ता गिरीले अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ ।

कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी लिन आवश्यक भईरहेका बेला कानुनी साक्षरता अभियानमा लागेका हुन् ।

कानुनी साक्षरता अभियान अन्र्तगत अधिवत्ता गिरीले बिभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् ।

बिभिन्न पत्रपत्रिका तथा संञ्चार माध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् । मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा समेत कानुनका बारेमा सहभागीलाई जानाकारी गराउनु पर्ने बताउनु भएको छ ।

स्थानीय तहमा रहेका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने पक्षमा बकालत गदै आएका अधिवत्ता गिरीले जनसरोकारका बिषयमा जानकार भई अन्यायमा परेकालाई कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुग्न सक्ने बनाउनु पर्ने बताउनु हुन्छ ।

ेअन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका अधिवता गिरीले आर्थिक अबस्था कमजोर रहेका नागरिकका लागी निशुल्क कानुनी उपचारमा सहयोग पुर्याउँदै आउनुु भएको छ ।

साथै उहाँले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेष नागरिक सम्मान २०७९लगायतको दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका अधिवता गिरीले सो कुरा बताउनु भएको हो । उनी श्रमजीबि पत्रकार संघ , टि.आर.टी लगायतका संघ संस्थाका कानुनी सल्लाहकार समेत हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस