आज:  | Tue, 07, Jan, 2025

घरको दुई तलाबाट हाम्फाल्दा पनि भाग्न पाएनन् राम वहादुर बम्जन मंगलबार पक्राउ

२५ पुष २०८०, बुधबार ०८:२१ मा प्रकाशित ( १२ महिना अघि) ९७६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २५ पुस ।

नव वुद्ध भनेर चर्चा कमाएका रामबहादुरं.बम्जन काठमाडौंबाट पक्राउ परेका छन् । पछिल्लो समयमा उनि बौद्ध धर्म गुरुका नाममा परिचित थिए । तर ५ वर्ष अगाडी उनिमाथी अनुयागीको हत्या,बेपत्ता र बलात्काको आरोपमा फरार रहेका थिए । बम्जन मंगबार काठमाडौँको बूढानीलकण्ठस्थित साँझ ७ बजे आफ्नै घरबाट पक्राउ परेका हुन् ।
विभिन्न अपराधमा विवादित बनेका तपस्वी रामबहादुर बम्जनले प्रहरीबाट उम्किन अन्तिम सम्म प्रयास गरेको भएता पनि २०८० पुस २४ गतेका साँझ उनको लागी हत्कडी लिएर आयो ।

लामो समयदेखी कहिले जंगल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न सफल भएका बम्जन अन्ततः कानुनी फन्दामा परिनै हाले। हिजो मंगलबार साँझ प्रहरीले आफुलाई खोज्न आएकोछ भन्ने शंका पाएपछी आफ्नै घरको २ तलाबाट हाम्फालेका थिए । उनले दुई तलामाथिबाट हाम्फालेर भाग्ने प्रयास गरे तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले घर घेरा हालेर छापा मारिसकेकोले यो पटक उम्कनै सकेनन् उनि ।

सिआइबी स्रोतका अनुसार लुकीछिपी हिँडेका बम्जन केही हप्ताअघि काठमाडौँ छिरेका थिए। उनी काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा लुकेको सूचना प्रहरीले पाएको थियो। केही हप्ताअगाडी मात्रै काठमाडौँ छिरेका उनी बिरुद्ध बलात्कार, व्यक्ति बेपत्ता पारेको र हत्या समेत आरोपमा ५ जनाले जाहेरी दिएका छन् ।

५ वर्षदेखी फरार रहेका उनि बूढानीलकण्ठमा घर भएको कारण बेला बखतमा लुकीछिपी आउने कुरा प्रहरीले बुझेपछी यही मौकामा प्रहरीले उनलाई पक्राउ गरेको हो। विगतमा उनलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले उनको परिवारलाई निगरानीमा राखेको थियो। प्रहरी आएको सुइँको पाएपछि बम्जन दुई तलामाथिबाट हाम्फालेर भाग्न खोजेपनि प्रहरी पक्राउ गर्न सफल भएको छ ।

घर घेरेर छापा मार्न पुगेको सिआइबी टोलीबाट भने यसपटक उनी फुत्कन सकेनन्। उनलाई पक्रन डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा सिआइबी टोली खटिएको थियो। यसअघि पनि उनि बस्ने सिन्धुली आश्रममा छापा मार्न पुगेको सिआइबीको आँखा छलेर भाग्न सफल भएका थिए। उनलाई नियन्त्रणमा लिनका लागि खटिएका प्रहरी अधिकृतले यसअघि सिन्धुली र मकवानपुरका वनमा लुकेर बसेको उनले नै बयान दिएका छन्।

प्रहरीको फरार सूचीमा परेका उनीविरुद्ध २०७६ मा पहिलो पटक पक्राउ पुर्जी जारी भएको थियो तर बम्जन प्रहरीलाई छल्दै आएका थिए। विसं २०७७ मा उनीविरुद्धको एक चरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीललाई बुझाइसकेको छ। बम्जनले ध्यान गर्ने गरेका सिन्धुलीमा ठूलो आश्रम रहेको छ। उनीविरुद्ध २०७३ सालमै आश्रममा आएका युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कार गरेको आरोप लागेको थियो। सोही आरोपमा उनीविरुद्ध उजुरी परेको हो।

केहीलाई बेपत्ता पारेको आरोप पनि रहेको प्रहरी स्रोत बताउँछ। सर्लाही प्रहरीमा परेको उजुरीपछि उनी प्रहरीको खोजीमा परेका थिए। सिआइबीले समूह नै तयार पारेर बम्जनको खोजीमा लागेको थियो। बम्जनलाई आज पत्रकार सम्मेलन गरेर सिआइबीले उनका बारेका विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस