आज:  | Tue, 07, Jan, 2025

सहकारीको रकम हिनामिना गर्ने एकपछी अर्को गरी सञ्चालक तथा कर्मचारीहरु धमाधम पक्राउ

२४ पुष २०८०, मंगलवार १४:५९ मा प्रकाशित ( १२ महिना अघि) ९१० पटक पढिएको
नारी बाटिका


काठमाडौँ २४ पुस।

पछिल्लो समयमा सहकारीको रकम हिनामिना गर्ने सञ्चालक तथा कर्मचारीहरु एकपछी अर्को गरी धमाधम पक्राउ पर्न थालेका । यस्तै बचत कर्ताको समय यती बचत हिनामिना तथा मनलाग्दी र नियम विपरित ऋण लगानी गर्नेहरु केही समय यता एकपछी अर्को गरी पक्राउ पर्न थालेका ।

यस्तै गोकर्णेश्वर नगरपालिका८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

उनीहरु मध्य सहकारीका सबै सञ्चालक एउटै टोलका दाजु भाइ हुन् । निजहरुलाई सहकारीमा ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्त अन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ ।

बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको गोकर्ण प्रहरी प्रभागले जनाएको छ । उक्त सहकारी सञ्चालक समितिका सचिव तथा प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ रहेका छन् ।

यसैगरी लेखा समिति संयोजक तथा गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । उनीहरु सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

सहकारीका सञ्चालकले सात हजार बचत कर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित सङ्घर्ष समिति कार्यदलका अध्यक्ष राजेश कुमार विष्टले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस